काठमाडौं । रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, बर्मा, थाइल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्ष पाइन्छन् । दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूख पाइन्छन् । तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित उचाइमा पाइन्छ, किनकि यसमा माटो, वातावरण र सबैकुराले प्रभाव पार्छन् ।

रुद्राक्ष माला लगाउनुअघि ध्यान दिनुपर्ने कुराहरू :

सामान्यतया, दानाहरूलाई मालाको रूपमा उनिन्छ । परम्परादेखि यो मानिएको छ कि मालामा दानहरूको सङ्ख्या एकसय आठ र एउटा अतिरिक्त (१०८ं१) हुनुपर्छ । अतिरिक्त दानालाई बिन्दु भनिन्छ । मालामा जहिल्यै पनि एउटा बिन्दु हुनुपर्छ, नत्रभने ऊर्जा चक्रिय (वृत्ताकार) हुन्छ, जसकारण जो मानिसहरू बढी संवेदनशील छन्, उनीहरूलाई चक्कर आउन सक्छ । वयस्कले ८४ं१ भन्दा कम दाना भएको माला लगाउनु हुँदैन । त्योभन्दा बढी जति सङ्ख्या भएपनि उचित हुन्छ ।

जब तपाईं दानाहरूलाई उन्नुहुन्छ, यिनलाई रेशम वा सुतीको धागोमा उन्नु उत्तम हुनेछ । हरेक छ महिनामा धागो बदल्नु उचित हुनेछ, अन्यथा एकदिन धागो कमजोर भएर चुँडिन सक्छ अनि दानाहरू चारैतिर छरिन सक्छन् । यदि तपाईं तामा, चाँदी वा सुनको प्रयोग गर्न चाहनुहुन्छ भने पनि ठीक छ, तर प्रायः समस्या के भइदिन्छ भने, जब तपाईं सुनार (सुन–चाँदीको काम गर्ने व्यक्ति) लाई माला उन्न दिनुहुन्छ, उनले सुनको तार वा अरू कुनै तारले गाँठो बाँध्दा रुद्राक्षहरू एकदमै नजिक राखेर गाँठो बाँध्छन्, जसले गर्दा रुद्राक्ष भित्रबाट चर्किन सक्छ । यो अत्यन्तै महत्त्वपुर्ण छ कि यसलाई अलिकति खुकुलो पारेर उनिनुपर्छ ।

रुद्राक्षको माला जतिबेला पनि लगाउन सकिन्छ । तपाईं यसलाई नुहाइरहेको बेलासमेत लगाउन सक्नुहुन्छ । यदि तपाईं कुनै केमिकलयुक्त साबुन प्रयोग नगरिकन यत्तिकै चिसो पानीले नुहाउनुहुन्छ भने, रुद्राक्षको दानाबाट बेगको पानी तपाईंको शरीरमा पर्नु विशेषतः राम्रो हुन्छ । तर, यदि तपाईं रसायनयुक्त साबुन र तातो पानीको प्रयोग गरिरहनु भएको छ भने, यो कमजोर हुन्छ अनि केही समयपछि चर्किन्छ । त्यसैले, त्यस्तो समयमा रुद्राक्ष नलगाउनु नै उचित हुन्छ ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने, तपाईंले लगाउनु भएको रुद्राक्ष अरूलाई दिनुहुँदैन वा अरूको रुद्राक्ष लिनुहुँदैन । किनकि, रुद्राक्षले यस्तो स्पन्दन आफूमा सम्मिलित गरेको हुन्छ, जुन तपाईंको लागि सहायक हुन्छ वा भनौँ त्यसमा तपाईंको केही तत्त्व रहेको हुन्छ । यही कारणले गर्दा, यस संस्कृतिमा हामीले अरूको हातबात नुन, तील, कागती लिनुहुँदैन भनिएको हो । किनकि, यी चिजहरूले अरू कुनै कुराको सम्पर्कमा आउनेबित्तिकै आफूमा त्यसको गुण समाहित गरिहाल्छन् । विशेषगरी, सानो कागतीले सबैथोक सोस्दछ, जसकारण यसलाई मन्दिरमा वा कालो जादुको निम्ति प्रयोग गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah