बिर्तामोड । जमाना नै यस्तै छ, अर्काको विश्वास गर्ने अवस्था नै छैन । अर्काले त विश्वास नगर्ला नै । तर, आफूले आफैँलाई विश्वास नगर्नु त अति नै हुन्छ ।

स्थानीय तहको निर्वाचनमा झापामा यस्तै भयो । अरुको विश्वास जितेर नेतृत्वमा जान चाहनेले आफूले आफैँलाई पनि विश्वास नगरेको देखियो । चुनावमा उठेका २३ जना उम्मेदवारले आफ्नो मत पनि पाएनन् । यसरी एक मत पनि नपाउनेमा नगर तथा गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनेहरु पनि छन् ।

गौरादह नगरपालिकाको मेयर पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएकी चन्द्रमाया रिजालले एक मत पनि पाइनन् । यस नगरपालिकामा मेयरतर्फ कुल २४ हजार २ सय ९४ सदर मत खसेको थियो ।

सोही नगरपालिकामा स्वतन्त्रबाटै प्रमुख पदमा उम्मेदवारी दिएका शेरे भुजेल र उमेश कार्कीले पनि एक मतसम्म ल्याउन सकेनन् ।

गौरादहको प्रमुख पदमै स्वतन्त्र उम्मेदवारी दिएका राधिका पौडेल, झुमादेवी अधिकारी र कविता निरौला पनि शुन्य मतमा सीमित भए । स्वतन्त्रबाट उपप्रमुखमा उम्मेदवारी दिएकी सिता भट्टराईले पनि एकै मत ल्याउन सकिनन् ।

दमक नगरपालिकाको मेयरमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका देवीप्रसाद गौतम, ओमनाथ बस्नेत, सुन्दर देवान शुन्य मतमा सीमित रहँदा प्रमुख पदकै महिला उम्मेदवार मधु थापा मगरले पनि एक मतसम्म प्राप्त गरिनन् ।

दमकको उपमेयरमा स्वतन्त्र उम्मेदवार प्रकाश नेपालले पनि शुन्य मतमा चित्त बुझाए । त्यस्तै, शिवसताक्षी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका रविन खनाललाई एकजनाले पनि मत दिएनन् ।

कमल गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार इन्द्रकुमार राई र मोहनराज श्रेष्ठले एक मत पनि ल्याएनन् । कमल गाउँपालिकाको अध्यक्ष पदमा कुल १९ हजार ४३ सदर मत खसेको थियो ।

अर्जुनधारा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार मुक्तिनाथ तिम्सिनाले पनि आफूलाई नै मत हालेनन् । कनकाई नगरपालिका–३ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार कविर महमदले पनि एक मतसम्म ल्याएनन् ।

कमल गाउँपालिका–१ का लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका धनबहादुर मगरले पनि आफैँलाई भोट हालेनन् ।

गौरादह नगरपालिका–१ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वडा सदस्यको उम्मेदवार बनेका हस्तबहादुर आपुङ, गौरादह–२ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट वडा सदस्यको उम्मेदवार बनेका गंगाबहादुर दर्जी, गौरादह–९ मा स्वतन्त्रबाट महिला वडा सदस्यमा उम्मेदवारी दिएकी वविता पौडेल र सोही वडाबाट स्वतन्त्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका योगेश पौडेलले कति पनि भोट पाएनन् ।

हल्दिबारी गाउँपालिका–४ मा संघीय समाजवादी फोरम नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका पदमबहादुर तामाङले पनि एक मतसम्म प्राप्त गरेनन् । गौरादह नगरपालिकामा त सबैभन्दा बढी ११ जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न नसकेका हुन् ।

११८६ जनाको जमानत जफत

झापाका १ हजार १ सय ८६ जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो ।

जिल्लामा ६ सय ८५ पदका लागि ३ हजार ३ सय ४० जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा थिए । मनोनयन दर्ता गराएका उम्मेदवारहरूले खसेको कुल मतको १० प्रतिशत मत पनि नल्याए धरौटी फिर्ता नहुने प्रावधान छ ।

८ वटा नगरपालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी १ सय ५४ जना उम्मेदवारको जमानत जफत भएको छ । अर्जुनधारा नगरपालिकामा १ सय ३६, शिवसताक्षी नगरपालिकामा १ सय २८, भद्रपुर नगरपालिकामा १ सय ४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा ८०, बिर्तामोड नगरपालिकामा ७८ र गौरादह नगरपालिकामा ७३ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

७ वटा गाउँपालिकामध्ये कमल गाउँपालिकामा सबैभन्दा बढी ७१ जना उम्मेदवारको जमानत जफत भएको छ । त्यसैगरी बाह्रदशी गाउँपालिकामा ६१, कचनकवल गाउँपालिकामा ५७, बुद्धशान्ति गाउँपालिकामा ५४, गौरीगञ्ज गाउँपालिकामा ४६, झापा गाउँपालिकामा ३७ र हल्दिबारी गाउँपालिकामा २३ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिए ।

कुन कुन दलको जमानत जफत ?

ठूला दलका तर्फबाट प्रमुख पदकै उम्मेदवार बनेकाले पनि जमानत जोगाउन सकेनन् ।

अर्जुनधारा नगरपालिकाको मेयरका लागि माओवादी केन्द्रका उम्मेदवार भुपेन्द्र न्यौपाने र राप्रपाका उम्मेदवार छविलाल लम्सालले नै जमानत जोगाउन सकेनन् । सोही नगरपालिकामा राप्रपबाट उपमेयरकी उम्मेदवार राधादेवी गिरीको पनि जमानत जफत भयो ।

यी त प्रतिनिधि उम्मेदवार मात्र हुन् । जमानत जोगाउन नसक्ने अधिकांश उम्मेदवारहरु स्वतन्त्र छन् । तीबाहेक एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा माले, मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नयाँ शक्तिलगायत दलका विभिन्न पदका उम्मेदवारको जमानत जफत भएको हो । बिर्ताज्योति साप्ताहिकबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah