प्रकृतिले मानिसलाई निकै अनमोल बस्तुहरु उपहारमा दिएको छ । त्यसमध्ये एक हो रुद्राक्ष । राशिका अनुसार महंगा रत्न किन्नु सबैको बसमा हुँदैन । तर रुद्राक्ष लगाउनु सहज विकल्प हो करियरलाई राम्रो बनाउन अलग अलग पेशामा जोडिएका मानिसका लागि अलग अलग रुद्राक्ष लगाउनु उत्तम भएको ज्योतिष शास्त्रको भनाइ छ ।

यहाँ हामी कुन रुद्राक्ष तपाईका लागि उत्तम हुन सक्छ भन्ने जानकारी दिइरहेका छौं । राजनीतिसँग जोडिएका मानिसका लागि :यदी तपाई राजनीतिसँग जोडिनु भएको छ भने वा तपाईले राजनीतिमा भविष्य देखिरहनु भएको छ भने तपाई १ अथवा १४ मुखे रुद्राक्ष धारण गर्नुहोस् ।

वकिलका लागि : यदी तपाईं वकिल तथा वकालत पेशाका बारेमा सोचिरहनु भएको छ भने ज्योतिष शास्त्रका अनुसार ४,६ वा १३ मुखे रुद्राक्ष धारण गर्नुहोस् यसले तपाईलाई सफलता प्रदान गर्नेछ ।

प्रहरी तथा सैन्य सेवा : प्रहरी तथा सेनामा कार्यरतका लागि र त्यस सेवामा लाग्नका लागि ९, ४ तथा १३ मुखे रुद्राक्ष धारण गर्न उपयुक्त हुन्छ ।

डाक्टर, नर्स र वैद्यका लागि : मेडिकल क्षेत्रसँग जोडिएका वा जोडिन लागेका व्यक्तिका लागि १,७,८ वा ११ मुखे रुद्राक्ष धारण गर्न उत्तम हुने ज्योतिष शास्त्रको भनाइ छ । त्यस्तै औषधिको कारोबार गर्नेले १,७ र १० मुखे रुद्राक्ष धारण गर्दा आफ्नो काममा सफता प्राप्त हुन्छ ।

प्रविधिसँग जोडिएका व्यक्तिका लागि : प्राविधिक क्षेत्रसँग जोडिएका व्यक्तिका लागि ७, ८, ९, १०, ११ मुखे रुद्राक्ष उत्तम हुन्छ । यस रुद्राक्षको धारण गर्दा केबल उनीहरुलाई सफलता मात्र होइन नयाँ प्रयोगमा पनि सफलता प्राप्त हुन्छ । ठेकेदार र प्रोपर्टी डिलर्सका लागि : ज्योतिष शास्त्रका अनुसार प्रोपर्टी डिलरलाई ११, १३, ३, ४ र १४ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।

विद्यार्थीका लागि ; विद्यार्थीले परीक्षामा सफलता र विद्या प्राप्तिका लागि १, ११ र १४ मुखे रुद्राक्ष धारण गर्नु उत्तम मानिन्छ । बैंकमा काम गर्नेहरुका लागि :बैंकिङ क्षेत्रमा कार्यरतहरुले ११ र १३ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।

रुद्राक्ष दुई शब्द मिलेर बनेको छ : रुद्र र अक्ष । रुद्र शिवजीकै अर्को नाम हो भने अक्ष भनेको नेत्र हो । अक्षले शिवजीको कल्याणकारी दृष्टिलाई इंगित गरेको छ । रुद्राक्षले शिवको आँखाको अर्थ दिन्छ । पुराणमा बताइएअनुसार, एकपटक माता सतीको वियोगमा भगवान् शिवको हृदय द्रवित भयो अनि आँखाबाट आँसु आयो । त्यो आँसु खसेको स्थानमा रुद्राक्ष वृक्षको उत्पत्ति भयो ।

अर्को कथाअनुसार, सत्ययुगमा त्रिपुर दैत्य ब्रह्माजीको वरदानले बलियो बनेर तीनै लोकको विनाशको षड्यन्त्र गरिरहेका थिए । देवताहरूको प्रार्थनामा भगवान् शिवले युद्ध गर्नुभयो । यसैबीच भगवान् शिव निकै थाक्नुभयो र उहाँको पसिना धर्तीका विभिन्न स्थानमा खसे । ती स्थानमा रुद्राक्ष वृक्ष उत्पन्न भए ।

अन्य पुराणमा त्रिपुर राक्षसलाई मार्नका लागि भगवानको आँखा लामो समयसम्म खुलिरह्यो र थकानका कारण आँसु बग्यो जुन रुद्राक्ष रूप धारण गरेर अस्तित्वमा आयो ।विभिन्न पौराणिक र धार्मिक ग्रन्थ तथा शास्त्र निर्विवाद रूपमा पुष्टि गरेअनुसार, रुद्राक्षका जन्मदाता भगवान् शिव हो । यही कारणले सनातन धर्ममा रुद्राक्षलाई भगवान् शिवको स्वरूप भनिएको छ र यसले पवित्रता र दीर्घायु दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah