रामेछापको खाँडादेवी गाउँपालिका स्थित राकथुममा तिर्थमान दोङ तामाङ ‘निखिल’को हत्या आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । सोमबार साँझ सुनापति गाउँपालिका–५ घर भएका पदमवीर तामाङ उर्फ ज्वालालाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए ।
सुनापति गाउँपलिका–५ स्थित आफ्नो घरबाट भागेर छिमेकीको घरमा लुकेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । मङ्सिर ११ मा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले खाँडादेवी गाउँपालिका–१ राकाथुम घर भएका ५९ वर्षीय ज्ञान बहादुर तामाङ र उनका छोरा ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको थियो । ज्ञानबहादुर घटनास्थलबाट र जयराम काभ्रेको धुलिखेलबाट पक्राउ परेका हुन् ।

२०६६ असोजमा काभ्रेको तेमाल गाउँपालिका घर भएका तिर्थमानलाई बोलाएर राकाथुमको पिपलबोटमा हत्या गरिएको सो घटना १२ वर्षसम्म गुपचुप थियो । अहिले पक्राउ गरिएका ‘ज्वाला’ र हत्या गरिएका ‘निखिल’ साथी हुन् । काभ्रेबाट ज्वालाले बोलाएपछि उनी राकाथुम पुगेका थिए ।

काभ्रेको तेमाल गाउँपालिका–९ मेच्छेपौवा घर भएका निखिल २०६६ असोज ९ मा त्यहाँ गएका थिए । गाउँमा पुगेपछि माथिबाट ढुंगामुढा गर्दै खुकुरी र तरबारले घाँटी तथा अनुहारमा हानेर बीभत्स तरिकाले उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सिन्धुली र रामेछाप जोड्ने खैरेनिघाट स्थित सुनकोशीको पुलको ठेक्काको कमिसनको विषयमा उनीहरूको बिचमा विवाद भएको थियो । सो विवादका कारण निखिलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पदमवीरले निखिललाई घटनास्थलमा बोलाएको र आक्रमणको सुरुवात गरेको डिएसपी ढुंगानाले बताए । हत्या हुँदा ‘निखिल’ २९ वर्षका थिए ।

हत्यापछि पीडित पक्षका मानिसहरूले ज्ञानबहादुरको घरमा गएर आगो लगाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah