क्रिश्चियन धर्मप्रचारक केशव आचार्यलाई जिल्ला अदालत जुम्लाले जेल हालेकोमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे रिसाएका छन् ।

पाण्डेले धर्म परिवर्तन गराएको अभियोगमा अदालको फैसलाबाट जेल हालिनुलाई लोकतन्त्र विरोधी कदमको संज्ञा दिँदै आपत्ति जनाएका छन्।

नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर इसाई कृस्त्मस शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार बोल्ने क्रममा उनले यसो भनेका हुन्।

‘जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको छ’, उनले भने, ‘धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत हो, यो लोकतन्त्रविरोधी कदम हो।’

पाण्डेले यसबारे बागमती सरकार गम्भीर रहेको बताउँदै केन्द्र सरकारमा पनि आवाज उठाउने दाबी गरे। अहिले पाँच दलीय गठबन्धनको सरकारले कुनै पनि धर्ममाथि विभेद गर्ने नीति नलिएको पनि उनले बताए।

‘धर्म र संस्कृतिमा अरुभन्दा नेपाल पृथक र विशिष्ट छ’, उनले भने, ‘नेपाली समाज अरु देशभन्दा पृथक र छुट्टै पहिचानसहितको छ। सबै जाति, क्षेत्र, वर्ग र समुदायबीच घनिष्ठ सम्बन्ध छ। हामी सयौँ जातका फूलबारी भएपछि त्यही अनुसार व्यवहार पनि गर्नुपर्छ।’

उनले इसाईहरूका लागि चिहान बनाउने स्थान पनि खोजिदिने बताएका छन्। ‘इसाईहरुलाई चिहान अभावको विषयमा प्रदेश सरकार गम्भीर छ’, उनले भने, ‘यो समस्या चाँडै हल हुनेछ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah