बाजुरा-अटोरिक्सा दुर्घटना गरी फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको बडीमालिका नगरपालिका–९ स्थित सुवाकाँधमा अटोरिक्सा दुर्घटना गरी फरार रहेका चालक खेमराज पाध्यायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
अटोरिक्सा चालक पाध्यायलाई बडीमालिका नगरपालिका–२ घागरको जंगलबाट हिजो राति करिब १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझाले बताएका छन् ।



