सामूहिक बलात्कार घटनामा संलग्न १० जनालाई नवलपरासी जिल्ला अदालतले जनही १३ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको छ । घटना २ वर्षअघिको हो । जबरजस्ती करणी गरेको अभियोगमा ९ वर्ष र सामूहिक करणीको अभियोगमा थप ४ गरी जनही १३ वर्ष कैद फैसला सुनाइएको श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए ।

जबरजस्ती करणी ठहर भएमा ७ देखि १० वर्ष र सामूहिक ठहर भएमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले सोमबार गरेको कैद सजायसँगै जनही १ लाख रुपैयाँ जरिवानास्वरुप पीडितलाई क्षतिपूर्ति भराउने फैसला भएको श्रेस्तेदार पौडेलले बताए ।
घटनामा संलग्न १० मध्ये ९ जना घटनालगत्तै पक्राउ परेका थिए । १ जना अझै फरार छन् । जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीय युवतीलाई २०७६ भदौ २२ गते उनीहरुले सामूहिक बलात्कार गरेका थिए ।

पीडित युवती स्थानीय एक संस्थामा कार्यरत हुन् । संस्थाको काममा साथीसँग मोटरसाइकलमा जाँदै गरेकी युवतीलाई बाटो कुरेर बसेका उनीहरुले उखुबारीमा लगेर सामूहिक रुपमा जबरजस्ती करणी गरेको युवतीको बयानमा उल्लेख छ ।

मोटरसाइकलले घेरा हालेर युवती चढेको मोटरसाइकल उनीहरुले कब्जामा लिएका थिए । सुरुमा मोटरसाइकल चलाउने साथीलाई ४ जनाले बाँधेर राखेका थिए । अन्य ६ जनाले युवतीलाई उखुबारी भित्र लगेर सामूहिक बलात्कार गरेका थिए ।

पछि पुनः अन्य ४ जनाले बलात्कार गरेको बयानमा उल्लेख छ । युवतीले बयानमा भनेकी छन्, ‘ मुख थुनेर सुरुमा ५ जनाले जबरजस्ती गरे । त्यसपछि म बेहास भए।’बेहोस भएकी उनको अस्पतालमा होस खुलेको थियो । घटनापछि अपराधी भागेपछि युवतीका साथीले प्रहरीलाई खबर गरेका थिए । सोही दिन उनीहरु पक्राउ परेका थिए । घटनामा संलग्न उनीहरु युवतीको गाउँ नजिकैको अर्को गाउँका स्थानीय हुन् ।

बलात्कार गर्नेको नाम थाहा नभए पनि गाउँ नजिक भएकाले देख्ने गरेको पीडितले बताएकी छन् । उनीहरुसँग कहिल्यै पनि बोलचाल नभएको समेत पीडितको भनाइ छ ।घटनामा संलग्न रही सजाय पाउनेमा सुस्ता गाउँपालिका–३ फेनरहवाका सुरेन्द्र यादव, मनमोहन राजभर, शिवप्रसाद भर, भीमलाल मुसहर, सन्दिपप्रसाद यादव, राजु भनिने भीम बहादुर मुसहर, नेत्रबहादुर चौधरी, पिन्टु राजभर छन् ।

त्यसैगरी सजाय पाउनेमा सोही वडाको सेखवाना गाउँका अमरनाथ भेडियार र सागर चौधरी (फरार) छन् । उनीहरु १९ देखि ४० वर्ष उमेर समूहका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah