राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडा बलिउडको सवैभन्दा ठूलो विवाहको साक्षी बन्न गाइरहेको छ । बलिउड कलाकारद्वय कट्रिना कैफ र विक्की कौशल त्यो भव्य महलमा विवाह गर्दैछन् । विवाहको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने नृत्याङ्गनाहरू नाचका लागि तयारी गरिरहेका छन् ।

कसरी हुँदैछ विवाह ?
कट्रिना र विक्कीले विवाहको लागि राजस्थानको सिक्स सेन्स फोर्ट बरवाडालाई रोजेका छन् । १४औं शताब्दीमा चौहानहरूले बनाएको यो अति विलासी किल्ला अहिले होटल र रिर्सोटमा परिणत भएको छ । यहाँ ४८ वटा कोठाहरु छन् । पाहुनाहरूको लागि कट्रिना र विक्कीले विशेष होटल र कोठाको व्यवस्था गरेका छन् । विवाहअघि विक्की मानसिंह र कट्रिना रानी राजकुमारीको कोठामा बस्नेछन् ।

उक्त कोठाहरूको मूल्य एक रातको सात लाख रुपैयाँ पर्ने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जहाँ गोलाकार पुल, बाथटबका साथै अन्य धेरै सुविधाहरु रहेका छन् । विवाहको लागि ६ देखि ११ डिसेम्बरसम्म होटलको सबै कोठाहरु बुक भइसकेका छन् ।

विवाहको हरेक कार्यक्रमलाई फरक–फरक व्यवस्थापन कम्पनीहरुले व्यवस्थापन गरिरहेका छन् । रिपोर्टका अनुुसार कट्रिना र विक्कीको विवाहको गोप्य कोडबाट मात्रै पाहुनाले विवाहमा प्रवेश पाउनेछन् । कोड देखाएपछि मात्र पाहुनाहरुले होटलको सेवासुविधा पाउनेछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूको विवाहमा आउने पाउनाहरूले फोन बन्द राख्नुपर्ने सम्झौतामा हस्ताक्षर गराइएको छ । सम्झौतामा फोन चलाउन र फोटो खिच्न निषेध गरिएको छ । उनीहरुको विवाहको तस्वीरलाई विदेशी म्यागेजिनमा छाप्नका लागि करोडौंको सम्झौता भएको बताइएको छ ।

पछिल्लो खबरअनुसार कट्रिना र विक्कीको परिवार विवाहको लागि राजस्थान पुगिसकेका छन् भने पाहुनाहरू पुग्ने क्रम जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah