काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका कारण काठमाण्डौ भित्रिनेहरुको चाप बढेको छ ।

कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता काठमाण्डौ आउन थालेका हुन् । मुख्य नाकासँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा  चाप बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ ।

गएको २४ घण्टामा काठमाण्डौसँग जोडिएका विभिन्न पाँच नाकाबाट झण्डै ५० हजार यात्रु भित्रिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यो अवधिमा ८ हजार ६ सयभन्दा धेरै गाडी उपत्यका भित्रिएका छन् ।

यो सङ्ख्या आज अझै बढ्न सक्ने अनुमान छ ।  यसअघि सामान्य दिनमा विभिन्न नाका भएर ६/७ हजारको हाराहारीमा गाडी उपत्यका भित्रिने गरेका थिए  ।  कांग्रेस महाधिवेशनका कारण काठमाण्डौमा चहलपहल बढेको छ ।

बिहान ९ बजेसम्म ओहोरदोहोरमा खासै समस्या नभए पनि त्यसपछि जाम हुने गरेको छ । बढ्दो चापलाई मध्यनजर गर्दै आज गाडी डाइभर्सन गर्ने तयारी छ । अहिले बिहान चाप धेरै नभएकाले सामान्य रुपमा गाडी चलिरहेका छन् ।

चाप बढ्नासाथ राष्ट्रिय सभागृह र पद्मोदय मोडबाट गाडी डाइभर्सन गर्ने तयारी भएको महाशाखाले जनाएको छ । दिउँसोको समयमा भीड हुन सक्ने भएकाले सकेसम्म यो सडकको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीको अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah