साउदी अरबमा एक महिलाले मिनीस्कर्ट र छोटो टप लगाएर घुमेको एक भिडियो पोस्ट गरेर तरंग ल्याएकी छन् । अधिकारीहरू महिलासँग सोधपुछ गरिरहेका छन् ।

खुलूद नामक यी मोडलले ऐतिहासिक उशमयकिर किल्लामा घुमेको भिडियो पोस्ट गरेकी थिइन् । सामाजिक सञ्जालमा यो भिडियो चर्चाको विषय बनेको थियो । केही मानिसले यसलाई रूढिवादी देशमा ड्रेस कोडको उल्लंघन गरिएको भन्दै महिलालाई पक्राउ गर्नुपर्ने माग गरे ।

तर साउदी अरबका अन्य केही मानिस चाहिँ उनलाई बहादुरीका लागि प्रशंसा गरिरहेका छन् । साउदीमा अरब महिलाहरूले पूरै शरीर ढाक्ने अनि लूज खालको कपडा लगाउनुपर्छ । उनीहरूले कपाल पनि छोप्नुपर्छ । गाडी चलाउन पनि उनीहरूलाई मनाही गरिएको छ । अपरिचित पुरुषहरूबाट उनीहरू टाढै बस्नुपर्छ ।

अघिल्लो हप्ता यो भिडियोलाई स्न्यापच्याटमा शेयर गरिएको थियो । यसमा राजधानी रियादको उत्तरतर्फ रहेको नाज प्रान्तको ऐतिहासिक महत्त्वयुक्त उशायकिर किल्लाका सुनसान गल्लीहरूमा खुलूद घुमिरहेकी देखिन्छिन् ।

नाज साउदी अरबको सबभन्दा रूढिवादी ठाउँ हो । अठारौं शताब्दीमा यहाँ सुन्नी वहाबी इस्लामका प्रवर्तकहरू जन्मेका थिए ।
साउदी अरबको राजपरिवार र धार्मिक संगठन सुन्नी इस्लामका सबभन्दा कट्टर मानिने वहाबी पन्थको अनुसरण गर्छन् ।

देशको धार्मिक प्रहरी कमिटी फर भर्च्यु एन्ड प्रिभेन्सन अफ भाइसले ट्विटरमा विावादित भिडियोको बारेमा थाहा पाएको र सम्बन्धित अधिकारीसँग सम्पर्कमा रहेको लेखेको छ । बीबीसी हिन्दी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah