काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, दारिमटारमा आज बिहान टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पछाडि सवार व्यक्ति घाइते भएका छन् । चितवनको रत्ननगरका ४० वर्षीय युवराज आचार्यको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०३–००१ ख १८४९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकललाई आज बिहान करिब साढे ६ बजे ठक्कर दिएको थियो । दुर्घटनापश्चात् फरार रहेका टिपर चालकको खोजी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah