नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले २० वर्षअगाडि प्रधानमन्त्री हुँदा शेरबहादुर देउवाले गरेको सामाजिक रुपान्तरणको कामका कारण सीएनएनमा अन्तर्वार्ता दिने अवसर पाएको बताएकी छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ डा. देउवाले भनिन्, “शेरबहादुर देउवा पार्टी, देश र जनताका लागि किन केही गर्न सक्नुहुन्न ? अरु पार्टी फु’टेका छन्, कांग्रेस एकढिक्का छ । सभापतिका प्रतिद्व’न्द्वी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उहाँलाई समर्थन गर्नुभयो । सबै नेताहरु उहाँसँग सबै फिट हुन्छन् । पुरुष-महिला, पाका-युवा, नया- पुराना सबैलाई उहाँले समेट्नुभएको छ ।”

उनले थपिन्, “नेपालमा महिला मन्त्रालय, युवा मन्त्रालय, आईटी पार्क, हाइड्रोपावरको भिजन उहाँले नै ल्याउनुभएको हो । ई-गभर्नेन्सको अवधारणा ल्याउने उहाँ नै हो । दलित, मुस्लिम, महिला आयोग उहाँले नै प्रथम पटक बनाउनुभएको हो । एक नेपाली र अर्को नेपालीबीच धेरै फरक हुनुहुन्न भन्ने उहाँको धारणा छ । सन् २००० मा न्यूयोर्कमा राष्ट्रसंघीय महासभामा म पनि गएकी थिएँ । समावेशी र सामाजिक रुपान्तरणमा उहाँले गरेको कामबाट प्रभावित भएर सीएनएनले मेरो अन्तर्वार्ता लिएको थियो ।”

यी सबै काम देउवाको आफ्नै जीवन भोगाइबाट आएको उनको दाबी छ । उनले भनिन्, “शेरबहादुर देउवा सुदूर पश्चिमको दुर्गम गाउँमा जन्मनुभयो । जीवन भोगाइले उहाँलाई सिकायो । उहाँ धेरै पढ्नुहुन्छ, धेरै ट्राभल गर्नुहुन्छ । सोसल मिडियामा होहल्ला गरेर या ‘कट् एन्ड पेस्ट’ गरेर मात्र भिजन हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउने उहाँ नै हो । यसो भन्दैमा म करप्सन हुँदैन भन्न चाहन्नँ । हामी पनि त्यस्तै छौं । भगवानलाई पनि मेरो यो काम गरिदेऊ भनेर लड्डुको घुस चढाउँछौं ।”

देउवाले गत आम निर्वाचनमा आफ्नो पार्टी हारेर भए पनि संविधान कार्यान्वयन गराएको बताइन् । उनले थपिन्, “गत आम निर्वाचनमा कम्युनिस्टहरु एकताबद्ध भएका थिए । हाम्रै पार्टीभित्र लोकल चुनावको तुस म’रेको थिएन । निर्वाचनमात्र लोकतन्त्रलाई मजबुत बनाउने औजार होइन, संविधानलाई कार्यान्वयन गर्नु ठूलो कुरा थियो । त्यसैले हामी हारजितभन्दा पनि सविधान कार्यान्वयनका लागि निर्वाचनमा गएका हौं ।”

नेपालमा स्रोत साधन प्रशस्त भए पनि व्यवस्थापन झूर भएको उनले बताइन् । डा. देउवाले भनिन्, “कुनै देशमा स्रोत साधन हुन्छ, युवा हुँदैनन् । कुनै देशमा युवा हुन्छन्, स्रोत साधन हुन्न । हाम्रो देशमा स्रोत, साधन पनि छ, युवा पनि छन् । यो ब्याडली म्यानेज देश हो । व्यवस्थापनमा झूर छ । हाम्रो देशजस्तो मुलुकमा नराम्रो केही पनि छैन । तर एकले अर्काको खुट्टा तान्ने, सरकारपिच्छे नीति फेर्ने भएकाले विकास हुन गाह्रो भएको हो ।”

के नेपालमा महिला प्रधानमन्त्री बन्लान् भन्ने पत्रकार धमलाको प्रश्नमा डा. देउवाले भनिन्, “यो मिलियन डलरको प्रश्न हो । म आफैं ह्युमन बिहेभियर साइकोलोजिस्ट हुँ । हाम्रो जस्तो पितृसत्तात्मक सोच हाबी भएको देशमा महिलालाई चाँडै प्रधानमन्त्री बनाउने माहोल बन्ला जस्तो लाग्दैन । पुरुषहरुलाई गाह्रो लाग्छ नै, महिलाहरुलाई पनि गाह्रो लाग्छ । तर महिलाले देशको नेतृत्व गर्न नसक्ने होइन ।”

उनले थपिन्, “रोल्पामा जन्मनुभएकी ओनसरी घर्तीले सभामुख चलाएर देखाउनुभयो । उहाँ एसएलसी पनि पछि मात्र पास गर्नुभएको हो । संविधानले बाँ’ध्यो भने नेपालमा चाँडै महिला प्रधानमन्त्री होलान् नत्र गाह्रै छ ।”

शेरबहादुर देउवाकी पत्नी भएकाले राजनीति गर्न गाह्रो भएको छैन भन्ने अर्को प्रश्नमा उनले भनिन्, “राजनीति शेरबहादुरजीको ‘वन्ली गोल’ हो । म श्रीमती हुँ, आमा हुँ, बज्यै हुनेछु, सामाजिक कार्यकर्ता पनि हुँ, सामाजिक नेटवर्क छ । तर देउवाको राजनीतिबाहेक अरु लाइफ छैन । मैले राजनीति गर्छु भनेर होइन, घर बसाउँछु भनेर देउवासँग बिहे गरेकी हुँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah