नेपालको राजधानी काठमाण्डुदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ । उच्च पहाडमा भ्वाङ बनाएर विराजमान भगवान् शङ्कर र अन्य देवीदेवताको अवस्थितिले सबैलाई अचम्भित बनाइदिन्छ । हलेसी गुफालाई अर्ध चन्द्राकार गरी घेरेर खोटाङ र ओखलढुङ्गाको सिमाना हुँदै बगेकी दूधकोसी नदी महापुराणमा उल्लिखित कौशिकी नदीको एक हुने ।दूधकोसीको पवित्र जलमा स्नान गरेर हलेसीको दर्शन गर्नाले यस लोकमा सुख, समृद्धि पाई परलोकमा मुक्तिसमेत प्राप्त हुन्छ भन्ने भनाइ छ ।

स्थानीयवासीका भनाइअनुसार उहिले सत्ययुगमा हलेसी मन्दिर वरिपरि जङ्गल रहेकाले त्यहाँ बाघ, भालु, घोरल, मृग, जरायो, कालिज, तित्रा इत्यादि पशुपक्षी प्रशस्त मात्रामा पाइने र त्यस जङ्गलमा त्यसै गाउँका स्थानीयवासी किराँत जातका मानिसले नै सिकार गर्ने र जीवजन्तु मार्ने काम गर्दथे । भनिन्छ, जहाँ भगवान् शङ्कर तथा देवीदेवता रहेको गुफा लहराले जेलिएको अवस्थामा थियो त्यहाँ गुफा छ भन्ने कुरा कसैलाई थाहा थिएन । कथाअनुसार कुनै एक समयमा एकजना किराँती सिकारी सिकार खेल्दै जाँदा सो सिकारीको प्रहारबाट घाइते भएको मृग लडेर शिवजीको गुफाभित्र खसेछ ।सो मृग लिन जाँदा अँध्यारो गुफाभित्र बत्तीजस्तो चम्किलो ज्योति सिकारीले देखेपछि सिकारी आँखा तिर्मिराएर बेहोस हुन पुगेछ ।

उक्त बेहोस सिकारीलाई भगवान् शङ्करले दर्शन दिनु भई त्यस गुफाभित्र अन्य देवीदेवताको पनि उत्पत्ति भएछ र सो सिकारीले मन्दिर आसपासमा हत्या–हिंसा नगर्नु भनी चेतावनी दिए भन्ने भनाइ छ । यहाँ दुईवटा गुफा छन्, ती मध्ये वसाहको गुफामा वृकासुरबाट बच्न आफू भाग्नका लागि भगवान् शङ्करले पहाडको फेदबाट प्वाल पारेर आफू सँगैको बसाहलाई त्यहीँ छाडी भित्र पसेर आफू पहाडको टुप्पोतिर निस्कँदा बनेको भन्ने भनाई छ । यसरी निस्कँदा गुफाको भित्तामा टेकेर निस्कनु भएको मानिएको भगवान्को एक पाइलाको छाप अहिले पनि हामीले हेर्दा प्रस्टरूपमा देख्ने गर्दछौँ यो गुफाको प्रवेशद्वारमा भगवान्को बसाहको मूर्ति छ तथा गुफाभित्र पस्ने बित्तिकै देबे्रपट्टि भित्तामा स्वनिर्मित शङ्ख छ, जुन शङ्ख बजाउँदा बज्दछ, शङ्खसँगै केही भित्रपट्टि स्वर्गद्वार रहेको छ । यही गुफाको माथिल्लो सिलिङमा गाईको थुन बनेका छन् जहाँबाट दूध आउँछ भन्ने विश्वासका साथ भक्तजन गाईको थुनमा हात राखेर दूध देऊ माई भन्दै पुकार गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah