हिन्दु परम्पराअनुसार महिलालाई लक्ष्मीको रुपमा लिने प्रचलन रहेको छ । लक्ष्मीलाई धनकी देवी भनेर पुजा गर्ने गरिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई चार महिनामा जन्मिएका महिलाहरुको बारेमा बताउन गइरहेका छौँ । जसलाई लक्ष्मीको रुपमा लिइन्छ ।त्यस्तै, जन्म महिना, दिन, गते, बार, समयले व्यक्तिको भविष्यमा निकै प्रभाव पारेको हुन्छ । जबकी कोही व्यक्ति यति भाग्यमानी हुन्छन् उनीहरुले हरेक कार्यमा सफलता हाँसिल गर्न सफल भएका हुन्छन् ।
फेब्रुअरी महिना: यो महिनामा जन्मिने महिलाहरु निकै बुद्धिमानी हुने गर्छन् । ग्रह चालको कारण यो महिनामा जन्मिने महिलाहरु विवाहपछि पनि भाग्य निकै चम्कन्छ । त्यसकारण फेब्रुअरी महिनामा जन्मने महिलालाई लक्ष्मीको रुपमा लिने गरिन्छ।अप्रिल महिना :यो महिनामा जन्मिने महिलाहरु छिट्टै आफ्नो लक्ष्यमा पुग्ने गर्छन् । सधै भाग्यले साथ दिने भएकाले उनीहरु प्रगतिको पथमा हुने गर्छन् । विवापछि पनि उनीहरुको कारण पतिलाई शुभ नै शुभ हुनेछ ।
जुन महिना: जुन महिनामा जन्मेका महिलालाई शास्त्रले खासै राम्रो नमानेपनि उनीहरुलाई भाग्यले सधै साथ दिएको हुन्छ । उनीहरु जुझारु र कर्मठ हुने भएकाले मेहनतलाई खेर जान दिँदैनन् । त्यसकारण यो महिनामा जन्मिने महिलालाई भाग्यले सधै साथ दिन्छ ।सेप्टेम्बर महिना :यो महिनामा जन्मने महिलाहरु मेहनत नगरेपनि सजिलै सफलता पाउन सक्छन् । उनीहरुले विवाहको लागि पनि धनि केटा भेट्छन् ।
यसैगरी व्यक्तिको जीवनमा जन्म बार र राशी ठूलो प्रभाव पारेको हुन्छ । हरेक व्यक्तिको जन्म बार हेरेर नै व्यक्तिको कुण्डली निर्माण गर्ने गरिन्छ । जन्मेको बार र राशीले नै ब्यक्तिको भविष्य बारे बताउने गर्छन् ।ज्योतिष शास्त्र अनुसार जो कसैले व्यापार व्यवसाय र नोकरी गर्नको लागि पनि आफु जन्मेको बारमा कुन दिन गर्दा राम्रो हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसकारण आज हामी तपाईलाई सात बार मध्ये कुन दिन के कामको सुरु गर्दा राम्रो हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ ।
आईतबारः आइतबारको दिन गीत ,बाद्य वादन, राजसेवा, गाइगोरु, कि न बे च गर्ने, हवन गर्ने मन्त्र उपदेश लिने, औषधी निर्माण गर्ने, शास्त्र , सुन, तामा, उनी, बस्त्र जस्ता सामाग्रीको किनबेच गर्ने, रातो वस्तुको कारोबार गर्ने जस्ता कार्य गर्नु धेरै शुभ रहनेछ ।सोमबारः सोमबारको दिनलाई भगवान शिवको प्रिय दिनको रुपमा लिने गरिन्छ । सोमबारको दिन गाई, भैसी, घोडा, फुल, घाँस, वृक्ष्य, मोती, चाँदी, आदिको किनबेच गर्नु महिलाहरुको संगत गर्नु निकै राम्रो मानिन्छ ।
मंगलबारः मंगलबारको दिन भगवान गणेशको पूजा आरधना गर्ने दिन । यो दिन गणेश भगवानका पूजाआज गरे जस्तो सुकै कामको सुरुवात गरेपनि सफलता प्राप्त गर्न सकिन्छ ।बुधबारः यो दिनलाई पुण्य आर्जन गर्ने दिनको रुपमा लिइन्छ । बुधबारको दिन वस्तु कला, चित्रकला र अध्ययनमा सोचेभन्दा धेरै सफलता मिल्नेछ ।बिहिबारः यो दिन धार्मीक कार्य गर्नु राम्रो मानिन्छ । यो दिन मन्दिर निर्माण, मन्त्र जप, नवग्रह पुजा गर्दा तपाईको कार्य निर्धारित समयमा नै सम्पन्न हुन्छ ।
शुक्रबारः यस दिन गायण, मणी, रत्न, हिरा, सुगन्ध, बस्त्र, उत्साह, अलंकार, बाणिज्य, व्यापार, गाई वस्तु मिनबेच गर्नु, द्रव्य भण्डारण गर्नु धन सञ्चय गर्नु, कृषि कार्य सुरुवात गर्नु शुभ मानिन्छ ।शनिबारः शनिबार कुनै पनि नयाँ कार्य सुरु गर्दा शनि देवको ठूलो प्रभाव पर्ने धार्मिक शास्त्रमा उल्लेख गरएको छ । झु टो बोल्नु , ठगि गर्नु , क प ट गर्नु , गृह प्रवेश, स्थिर कार्य , नोकरी गर्नु , कलकारखानाको उद्घाटन, फ ला म आदिको कार्य गर्नु निकै शुभ मानिन्छ ।



