काठमाडौं । हवाई उड्डयनका क्षेत्रमा कहलिएका क्याप्टेन रतनबहादुर लामिछानेको स्मृतिमा ‘रतनबहादुर लामिछाने सम्मान’ तथा पुरस्कार दुई स्रष्टालाई समर्पण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ प्रा.डा. उषा ठाकुरले २०७८ सालको ‘क्या. रतनबहादुर लामिछाने साहित्य सम्मान’ साहित्यकार गंगा लिगललाई र ‘क्या. रतनबहादुर लामिछाने पत्रकारिता पुरस्कार’ पत्रकार कमलमणि पोखरेललाई प्रदान गरिन् ।

सूचक प्रकाशनले क्या. रतनबहादुर लामिछानेको स्मृतिमा विगत चार वर्षदेखि उक्त सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा कवि सपना लामिछाने (देउजा)को कवितासंग्रह ‘जिन्दगी एक यात्रा’ लोकार्पण गरियो ।

प्रा.डा. उषा ठाकुरले सम्मानित स्रष्टाहरूलाई बधाई दिँदै सार्वजनिक पुस्तकमाथि चर्चा गरिन् । उनले सपना लामिछानेका कविताहरू प्रेरणादायी रहेको उल्लेख गर्दै यस कृतिका कवितामा समाज, प्रकृत्ति र प्रेम सबै समेटिएको बताइन् ।

प्राज्ञ प्रा. दिनेशराज पन्तले कविताकृतिमा समसामयिक चिन्तन, वैयक्तिक पीडा र जीवनप्रतिको आशा पाठकले पाउने बताए ।

साहित्यकार सुशीला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा हरिप्रसाद पाण्डे, गंगा लिगल, कमलमणि पोखरेल, आनन्द कार्की, दीपक भेटवाल, सपना लामिछाने (देउजा)लगायतले बोलेका थिए ।

सूचक प्रकाशनद्वारा आयोजित कार्यक्रममा सार्वजनिक कृतिबाट केही कविता वाचन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah