हिन्दु धर्म ग्रन्थहरुमा पाप-पूण्य न्याय र अन्यायको परिभाषा बताईएको छ।हिन्दु धर्म मान्नेहरुलाई पुनर्जन्ममा गहिरो आस्था छ।यम र नियमको सिद्धान्त हिन्दु धर्मको मुख्य सिद्धान्त हो। प्राथार्ना ब्रत,तिर्थ र दान प्रत्येक हिन्दुहरुको कर्तव्य हो।१२ हजार बर्ष प्राचिन ईतिहास हिन्दु धर्मको एक रहस्य हो। हिन्दु धर्म भित्र लुकेका कैयौ रहस्यहरु कुनैबेला विज्ञानले अस्वीकार गरेको थियो तर अहिले थुप्रै कुराहरुमा विज्ञान सहमत भएको यस सम्बन्धमा खोज-अनुसन्धान गरिरहेको छ।

हिन्दु धर्मका पाँच यस्ता रहस्यको बारेमा जानौंकल्पवृक्ष : वेद-पुराणमा कल्पवृक्षको बारेमा उल्लेख गरिएको छ। यो वृक्ष स्वर्गको एक विशेष वृक्ष हो। पौराणिक धर्मग्रन्थ र हिन्दु मान्यता अनुसार यो वृक्षको मुनि बसेर कुनै ब्यक्तिले जे- ईच्छा गर्छ त्यो पुरा हुन्छ भन्ने विश्वाश छ किनकी यो वृक्षमा अपार सकारात्मक उर्जा रहेको हुन्छ।

नाग : हिन्दु धर्ममा गाई पछि सर्पको पनि उच्च स्थान रहेको छ। सर्पलाई नागको रुपमा पूजा गरिन्छ।हिन्दु धर्म अनुसार थुपै किसिमका सर्प (नागहरु) यो धर्तीमा रहेका छन्।जसमा- मणिधारी नाग , इच्छाधारी नाग ,उड्ने नाग र एक मुखे नाग देखी दश मुख भएको शेषनाग छन् भनिन्छ। वैज्ञानिकहरुका अनुसार सर्प विश्वको सबैभन्दा रहस्यमयी प्राणी हो।पुराणका अनुसार समुन्द्र मन्थनको बेलामा वासुकी नागलाई मंदराचल पर्वतको आसपास बेरेर डोरीको रुपमा प्रयोग गरिएको थियो। भगवान शिवको शरीरमा सधै नाग रहने गर्छ। जसको नाम वासुकी नाग हो। वासुकी नागलाई नागहरुको राजा पनि भनिन्छ।नागलाई शिवको गहना पनि भनिन्छ।भगवान विष्णु शेषनागमा विराजमान हुनुहुन्छ।त्यसैले हिन्दुसँग नागको निकै ठूलो सम्बन्ध छ।

मणि : मणि एक प्रकारको चम्किने पत्थर हो। मणिलाई हिराको श्रेणिमा राखिएको छ। मणि थियो भन्ने कुरा रहस्य नै रहेको छ। तर हिन्दु धर्म ग्रन्थहरुमा मणिको धेरै उल्लेख भएको पाईन्छ। पौराणिक कालमा जोसँग मणि थियो उ जेपनि गर्न सक्थ्यो र सर्वशक्तिमान हुन्थ्यो। महाभारतकालमा अस्वस्थामा सँग मणि थियो र मणिको बलमा अस्वस्थामा शक्तिशाली र अमर भएका थिए। रावणले कुबेरसँग चन्द्रकान्ता नामको मणि लुटेका थिए। मणि धेरै प्रकारका हुन्छ ति हुन्- निलमणी, चन्द्रकान्तमणि,शेषमणी,कस्तुपमणी,पारसमणी,रातोमणी।भनिन्छ कागले मणि चिन्न सक्छ र मणि हिमालमा पाईन्छ भन्ने धार्मिक मान्यता छ।

शंख : हिन्दु धर्म अनुसार शंखमा सबै दु:खकष्ट र भुतप्रेत,राक्षस भगाउने शक्ति छ भन्ने मान्यता छ। समुन्द्र मन्थनको क्रममा शंखको उत्पत्ती भएको धार्मिक हो। शंखको हिन्दु धर्ममा ठूलो महत्व रहेको छ। शंख धेरै प्रकारका रहेका छन्।ति मध्ये तिन प्रकारका शंख दक्षिणावर्ती शंख,मध्यावृत्ति शंख तथा वामावृत्ति शंख। शंखको शक्तिको वर्णन महाभारत र पुराणमा उल्लेख छ। लक्ष्मी शंख,गौमुखी शंख,कामधेनु शंख, विष्णु शंख,देव शंख,चक्र शंख गरुड शंख,मणिपुष्पक शंख,राक्षस शंख, राहु शंख ,केतु शंख ,शेषनाग शंख,आदी प्रकारका छन्। महाभारतमा कृष्ण, भिष्म,पाण्डव लगायत सँग अलग- अलग शंख थियो र सबैको अलग- अलग शक्ति र बिशेषता थियो।

पुनर्जन्म : पुनर्जन्मको सिद्धान्त हिन्दु धर्ममा मात्रै छ। यहुदि,ईस्लाम,क्रिश्चियन धर्मले पुनर्जन्मलाई मान्दैनन्। हिन्दु धर्म अनुसार आत्मा अजर र अमर छ।शरिर कहिल्यै मर्दैन। यो परिवर्तित मात्रै भईरहन्छ।आत्मा एउटा शरीर छोडेर दोस्रो शरीर धारण गर्छ। यो चक्र मोक्ष प्राप्त नगरेसम्म चलिरहन्छ।मोक्षको अर्थ हो आफ्नो मूल स्वरुपको पहिचान गर्नु, र म शरिर मात्रै होइन भन्ने बुझ्नु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah