काठमाडौं । एलिना चौहान नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाएकी गायिका हुन् । एलिनाले स्वर भरेका दर्जनौं गीतहरु रुचाइएका छन् ।चलचित्र, आधुनिक तथा स्टेज कार्यक्रममा एलिनाको उच्च माग छ । यो सबै दर्शक-स्रोताको मायाको उपज भएको एलिना बताउँछिन् ।सोमबार साँझ काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफ्नो प्रतिस्पर्धा अन्य कुनै गायिकासँग नरहेको बताइन् । त्यस्तै आफ्नै सहकर्मी गायिकाहरुले कुरा काटेको विषयमा पनि उनलाई चित्त बुझेको छैन ।

एलिनाले भनिन्, ‘विशेषगरी, मेरो पारिश्रमिकको कुरालाई लिएर अरु केही गायिकाहरुले कुरा काट्ने गरेको सुनेको छु । मैले जति पारिश्रमिकमा पनि गीत गाउँछु, स्टेज कार्यक्रममा पनि सस्तोमा प्रस्तुति दिने गरेको छु भनेर चर्चा भएको सुनेको छु । यस्तो कुराले मलाई दुःख लाग्छ ।’गायिका एलिनाले यस्ता धेरै विषयलाई अहिले बेवास्ता गर्न थालेको बताइन् । ‘यहाँ त खुट्टा तान्ने प्रवृत्ति धेरै छ । यसैले सबै कुराको विषयमा जवाफ दिएर पनि काम छैन ।’

उनले अगाडि भनिन्, ‘मेरो स्वर केही फरक छ । मेरो स्वर नै चाहिने गीत भएको खण्डमा संगीतकारहरुले सम्झिनुहुन्छ । यसैले मेरो प्रतिस्पर्धा अरु गायिकाहरुसँग छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah