आज वास्तुशास्त्रमा पढ्ने कोठामा रहेको स्टडी टेबल र बुक शेल्फको बारेमा जान्नुहोस्। अध्ययन कोठामा टेबलको लागि उत्तर पूर्वी कुना छनोट गर्नुहोस्। यो ठाउँ सफा राख्नुपर्छ, साथै स्टडी टेबलमा क्रिस्टल ग्लोब पनि राख्नुपर्छ । यसले बच्चाहरूलाई नयाँ कुराहरू जान्न उत्सुक बनाउँछ।अध्ययन तालिका धेरै भरिएको हुनु हुँदैन। त्यसमा अत्यावश्यक किताब र केही एक वा दुईवटा अत्यावश्यक वस्तु मात्र राख्नुहोस्। धेरै मानिसहरूले अध्ययन टेबलको माथि किताबहरूको शेल्फ पनि बनाउँछन्। तर त्यसो गर्नु हुँदैन ।
जसका कारण बच्चामा पढाइको दबाब रहन्छ, जसका कारण उनीहरु राम्ररी एकाग्र हुन सक्दैनन् । बरु, किताबको सेल्फ अर्थात् किताबको अलमारी, अध्ययनको टेबलबाट अलि टाढा बनाउनुहोस्।
थप् समाचार :यदि तपाई घरमा सुख, शान्ति र खुसीयाली सदैव रहोस् भन्ने चाहनुहुन्छ भने केही यस्ता चीज छन् जो घरबाट बाहिर निकाल्नु पर्ने हुन्छ । यी चीज घरमा हुँदा वा घर ल्याएमा केवल गृह कलह मात्र बढ्दैन आर्थिक हानीसमेत हुने मान्यता छ । वास्तु अनुसार निम्न चीज घरमा प्रवेश गराउनु हानिकार मानिन्छ ।
क) हतियारको तस्बिर:घरमा कहिल्यै खुकुरी, तलवार, चक्कु, बन्दुक, तोप जस्ता खतरनाक हतियारको तस्बिर राख्नु वा भित्तामा टाँग्नु हुँदैन । यसले मनमा हिंसात्मक विचार आउने र परिवारका सदस्यबिच शान्ति भङ्ग हुने र घर झगडा बढ्ने वास्तुको मान्यता छ । यस्ता तस्बिर बारम्बार हेर्दा मानिसको स्वभाव रिसाहा हुने गर्दछ ।
ख) रहस्यमयी स्थानको तस्बिर:केही मानिस रचनात्मक हुने नाममा घरमा भूत–प्रेत वा रहस्यमयी स्थानका तस्बिर राख्ने वा भित्तामा टाँग्ने गर्छन् । तर वास्तु अनुसार यस्ता तस्बिरले घरमा नकारात्मक ऊर्जाको सञ्चार गराउँछ । जसका कारण घरपरिवार सङ्कटमा फस्ने, जीवन कष्टदायी हुने मान्यता छ ।
ग) महाभारतको तस्बिर:घरमा कहिल्यै महाभारतको तस्बिर राख्न वा भित्तामा टाँग्न नहुने मान्यता छ । महाभारत एक पारिवारिक युद्ध हो जो कौरव र पाण्डवबिच भएको थियो । महाभारतको तस्बिरले परिवारमा सङ्घर्षको भावना बढाउने गर्दछ । वास्तु शास्त्र मान्यता अनुसार महाभारतको तस्बिर घरको सुख–शान्तिको बाधक हुन्छ ।
घ) यी तस्बिर लगाउनु हुँदैन:घरमा पानीको फोहोरा, महँगो होटेल, स्कुल वा अस्पतालको तस्बिर पनि कहिल्यै टास्नु हुँदैन । वास्तु शास्त्र अनुसार यी सबै चीज खर्च बढाउने कारक बन्न सक्छन् । यस्ता तस्बिरले परिवारमा बढि खर्च गर्न प्रेरित गर्दछ ।
ङ) ताज महलको तस्बिर:कतिपय मानिस प्रेमको प्रतीक र घरको सुन्दरता बढ्ने नाममा ताज महलको तस्बिर घरमा टाँस्ने गर्दछन् । तर वास्तु अनुसार यस प्रकारको तस्बिर घरमा हुनु नकारात्मकताका प्रतीक मानिन्छ । यस्ता तस्बिरले पति-पत्नीबिच दूरी बढाउने मान्यता छ ।



