ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् ।तस्वीर सार्वजनिक भएकोमा ज्याकलिनले दुःख व्यक्त गर्दै उनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’
उनले आफ्नो गोप्य तस्वीरलाई भाइरल नबनाइदिन सबैसँग आग्रह गरेकी छन् ।ज्याकलिनको केही समयअघि मात्रै दुई करोड ठगी मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग नाम जोडिएको थियो
थप समाचार :मंगलबार, एक महिलाले रिसाएर ठेलावालाका फलफूल फालेको दुई भिडियो सामाजिक भाइरल भयो । भिडियोमा एउटी महिला ठेलागाडीमा राखिएको मेवा उठाउँदै सडकमा फ्याँकिरहेकी छिन् ।सोही क्रममा ठेलावाला प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् । अर्को भाइरल भिडियोमा महिलाले पूरै ठेला पल्टाउँछिन् र सबै फलफूल नालीमा फाल्छिन् ।यी दुवै भिडियो भाइरल भएपछि अधिकारीहरु कडा कदममा आएका हुन् । कलेक्टरले यस विषयमा ट्विट गर्दै उचित कारबाही गर्न निर्देशन दिएका थिए ।
त्यसपछि प्रहरी र प्रशासनको टोली दिनभरि यस विषयमा जानकारी संकलनमा व्यस्त रह्यो । त्यसपछि यो घटना ३ जनवरी २०२२ मा भारत, मध्यप्रदेश, पिपलानीको छत्रसाल नगरमा घटेको पत्ता लाग्यो ।जानकारी अनुसार कलेक्टरको निर्देशनपछि एसीपी जहाँगिराबाद अभिनव विश्वकर्मा र साइबर क्राइम प्रहरीले पनि यस विषयमा जानकारी जुटाउन लागि परेको थियो ।भिडियोमा देखिएको कार जहाँगिराबादकै रहेको पत्ता लागेको थियो । पछि नम्बरबाट प्रहरीले कार मालिक बरखेडी जहाँगिराबाद निवासी राजेश तिवारीलाई पत्ता लगायो । ठेला चलाउने पुलबोग्दा ऐशबाग निवासी अशरफ खानलाई पनि प्रहरी चौकीमा बोलाएर सम्पूर्ण विषयमा सोधपुछ गरियो ।
बरखेडी जहाँगिराबाद निवासी राजेश तिवारीले आफ्नो ससुरा छत्रसाल नगर पिपलानीमा रहेको र आफू श्रीमती चित्ररेखा तिवारीसँग ससुराली गएको बताए । उनकी श्रीमती चित्ररेखा पहिले रायसेन रोडमा रहेको निजी कलेजमा पढाउँथिन् । राजेश वल्लभ भवनमा काम गर्छन् ।जनवरी ३ मा उनी ससुराली गएका थिए । त्यहाँ उनले आफ्नो कार सडकमा पार्क गरेर राखेको बताएका छन् । पछि मेवा बेच्ने ठेलावालाले उनको कारलाई दुई पटक ठक्कर दिएको थियो । त्यसपछि उनकी श्रीमती चित्ररेखा बाहिर आएर विरोध गरिन् ।जवाफमा ठेलावाले आफ्नो ठेलालाई कारले ठक्कर मार्न भनेका थिए ।
ठेलावाको जवाफ सुनेर रिसाएकी उनकी श्रीमतीले ठेलाबाट मेवा फालेकी थिइन् । राजेशका अनुसार ठेलावालाले गरेको झगडाको भिडियो कसैले बनाएन, तर उनकी श्रीमतीले मेवा फालेको भिडियो भाइरल भयो ।पछि यो सम्पूर्ण घटनाको जानकारी पाएपछि डायल १०० नम्बर घटनास्थल पुग्यो । दुवै पक्षलाई हिँडेर प्रहरी चौकी जान भनियो ।त्यहाँ प्रहरी चौकीबाहिर दुवै पक्षबीच आपसी सहमति भयो ।फलफूल बोकेका अशरफ र राकेश दुवैले लिखित निवेदन दिएर प्रहरीलाई मिलेको जानकारी दिए ।
राजेश तिवारीले आफ्नो तर्फबाट नोक्सान वापत ठेलावालालाई भारु दुई हजार दिएका छन् । उनकी श्रीमतीले माफी पनि मागेकी थिइन् ।अशरफले ३ जनवरीमा भएको क्षतिबापत दुई हजार रुपैयाँ प्राप्त गरेको पनि बताए । उनलाई अहिले कुनै गुनासो छैन । महिलाको व्यवहार राम्रो नभए पनि श्रीमानको व्यवहार राम्रो रहेको उनी बताउँछन् । त्यही भएर उनले उजुरी दर्ता गरेनन् ।



