काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्रा जेलबाट बाहिरिएसँगै फरक ढंगले प्रस्तुत हुँदै आएका छन् । जेलबाट निस्किएपछि उनी मिडियाको अगाडि कमै देखिने गरेका छन् । पछिल्लो समय उनी शमिता शेट्टीको जन्मदिनमा श्रीमती शिल्पा शेट्टीसँग देखिएका थिए ।यसैबीच राज कुन्द्राले आफ्नो नाममा रहेको करोडौंको सम्पती श्रीमती शिल्पा शेट्टीको नाममा गरिदिएका समाचार बाहिरिएको छ ।

यो समाचारसँगै राज कुन्द्रा पुनः एकपटक चर्चामा आएका छन् ।त्यसोत, राज कुन्द्रा गत वर्ष पोर्नोग्राफी मुद्दामा पक्राउ परेपछि चर्चामा आएका थिए । त्यतिबेला शिल्पा शेट्टीले सामाजिक सञ्जालमा आफ्नो गोपनीयताको सम्मान गर्न अपील गरेकी थिइन् ।स्क्वायरफिटइन्डिया डट कमका अनुसार राज कुन्द्राले ३८.५ करोड भारु बराबरको आफ्नो पाँच वटा फ्ल्याट श्रीमती शिल्पा शेट्टीको नाममा गरिदिएका छन् ।

जसको लागि अभिनेत्री शिल्पा शेट्टीले पनि १.९२ करोड भारु स्टाम्प शूल्क तिरेकी बताइएको छ ।यता टाइम्स अफ इन्डिया वेबसाइटका वरुण सिंहले राज कुन्द्राले आफ्नो श्रीमती शिल्पाको नाममा हस्तान्तरण गरेका फ्ल्याटको कुल क्षेत्रफल ५,९९६ वर्गफूट रहेको बताए । उक्त सम्पतीको कागजातहरू २१ जनवरी २०२२ मा दर्ता गरिएको थियो ।पछिल्लो समय सोसल मिडियामा शिल्पा शेट्टी र राज कुन्द्राको उक्त समाचार भाइरल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah