बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ। ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ ।

भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ। गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ। एक पटकको कुरा हो एउटा मानिस आफ्नी पत्नी लिई आउन ससुराल गयो । त्यहाँ केही दिन बिताएपछि उसले सासु-ससुरासित विदा माग्यो । तर सबैले आज बुधवार हो, आज यात्रा गर्नु हुदैन भने ।

ऊ केही गरी मानेन र हठधर्मी भएर बुधवारकै दिन पत्नीलाई साथमा लिई आफ्नो घर तर्फ प्रस्थान गर्यो । बाटामा उसकी पत्नीलाई तिर्खा लाग्यो र आफू तिर्खाएको कुर उसले आफ्ना पतिलाई बताइन ।अनि पत्निको प्यास मेटाउने उद्देश्यले ऊ अमखोरा लिई रथबाट उत्रिएर पानिको खोजिमा गयो । तर पानी लिएर फर्कदा उसले के देख्यो भने उसकी पत्निका साथमा ऊजस्तै अर्को व्यक्ति बसेको छ, त्यो मान्छे उस्तै रूपरङ्ग र वेषभूषामा छ ।

यस्तो दृश्य देखेर ऊ आश्चर्यचकित भयो । त्यस बहुरूपी व्यक्तिसित उसले क्रोधपूर्वक भन्यो – तँ को होस अनि मेरी पत्नीका निकटमा किन बसेको ? अर्को मान्छेले भन्यो यी त मेरी पत्नी पो हुन त ।म अहिले भर्खरै ससुरालबाट विदा मागेर आउदैछु । ती दुबि एक अर्कासित झ’गडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लीन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोधे

– यी दुईजना मध्ये तिम्रो असली पति चाहि कुन हो ? त्यस पछि त्यस स्त्रीले जवाब दिन सकिन किनभने दुबि व्यक्तिको संपूर्ण स्वरूप एकै किसिमको थियो । विचरी त्यस आईमाईले कसलाई आफ्नो पति भन्नु, अलमल्ल परी अनि ईश्वरसित प्रार्थना गर्दै भन्न थाली – हे परमेश्वर ।यो के विचित्रको लीला हो । त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरपुकारा गर्दै रुनकराउन थाल्यो, उसको धेरैबेरसम्मको आलापविलाप पछि आकाशवाणी हुन गयो ।

मूर्ख ! आज बुधवारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो । त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्यो र आफ्नो भूलप्रति क्षमा माग्यो । अनि भगवान अन्तर्धान हुनुभयो ।ऊ आफ्नी स्त्रीलाई लिएर घर गयो तथा त्यस पछि दाम्पत्य सुखका लागि एवं कहिल्यै वियोग नहोस भन्ने उद्देश्यले प्रत्येक बुधवारका दिन ती दुबै पति-पत्नी नियम पूर्वक गर्न थाले ।

जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधवारका दिन यात्रा गर्नाले कुनै दो’ष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुबिधा हुने छैन एवं उसलाई सबै किसिमले सुखप्राप्ति हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah