एजेन्सी । तस्बिरमा देखिएका ब्यक्ति एक सांसद हुन् । उनले दोस्रो श्रीमतीसंग डिभोर्स गरेकै दिन तेस्रो विवाह गरेका छन् । पाकिस्तानको सत्तारुढ दल पीटीआईका सांसद तथा लोकप्रिय टेलिभिजन होस्ट डाक्टर अमिर लियाकत हुसैनले तेस्रो विवाह गरेका छन् । ४९ वर्षीया सांसदले १८ वर्षीया सईदा दानिया शाहसँग गरेको तेस्रो विवाह पाकिस्तानमा चर्चाको विषय बनेको छ । दुवैले बुधबार विवाह गरेका हुन् ।

जसको जानकारी आमिर लियाकत हुसैनले इन्स्टाग्राम पोस्टमार्फत दिएका हुन् । सोही दिन आमिरकी दोस्रो श्रीमतीले पनि उनलाई डिभोर्स गरिन् ।प्रधानमन्त्री इमरान खानको पार्टीका सांसदले इन्स्टाग्राममा तेस्रो श्रीमतीसँगको तस्विर शेयर गर्दै लेखेका छन्, ‘हिजो राती १८ वर्षीया सईदा दानिया शाहसँग विवाह भएको छ । उनी दक्षिण पञ्जाबको लोधारनबाट सम्मानित सादत परिवारकी हुन्।

आमिर लियाकतले आफ्नो पोस्टमा तेस्रो पत्नीको तारिफ गर्दै लेखेका छन्, ‘धेरै मीठो, सुन्दर, सरल र प्यारो । म मेरा सबै शुभचिन्तकहरूलाई हाम्रो लागि प्रार्थना गर्न अनुरोध गर्न चाहन्छु। जिन्दगीको नराम्रो समयलाई मात्रै छोडेको छु । यो गलत निर्णय थियो।बुधबार आमिरकी दोस्रो पत्नी अभिनेत्री तुबा आमिरले इन्स्टाग्राममार्फत् आमिरसँग डिभोर्सको घोषणा गरेकी हुन् । आफ्नो पोस्टमा, अभिनेत्रीले खुलासा गरीन् कि यी दुई विगत १४ महिना देखि अलग बसिरहेका थिए ।

उनले आफ्नो पोस्टमा लेखेकी छन्, ‘भारी मनका साथ मेरो व्यक्तिगत जीवनसँग सम्बन्धित जानकारी दिँदै छु । मेरा नजिकका साथीहरू र आफन्तहरूलाई थाहा छ कि हामी १४ महिनादेखि अलग बसिरहेका छौं र यो हामी सँगै बस्न सक्दैनौं भन्ने प्रमाण हो। मसँग अदालत गएर डिभोर्स गर्नुको विकल्प थिएन ।

उनले थप लेखिन्, ‘म भन्न सक्दिन कि यो मेरो लागि कति गाह्रो भएको छ तर म अल्लाहमा भरोसा गर्छु। म सबै जनतालाई मेरो निर्णयको सम्मान गर्न आग्रह गर्दछु।आमिरको यो दोस्रो विवाह सन् २०१८ मा भएको थियो । आमिरले यो विवाहको घोषणा गर्दा उनकी पहिलो पत्नी सईद बुसरा इकबालले सामाजिक सञ्जाल मार्फत आमिरले फोनमा डिभोर्स गरेको बताएकी थिइन् । बुसराले यसबाट आफ्ना छोराछोरी र उनीहरूलाई गहिरो चोट पुगेको बताइन् ।

आमिरको तेस्रो श्रीमतीको बारेमा कुरा गर्दा, आमिरले विवाहको घोषणा गर्नु अघि सईदाका धेरै भिडियोहरू आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन्, जसमध्ये केहीमा उनी बलिउड गीतहरूमा लिपसिंक गरेको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah