आज ग्रस्तोदित खग्रास चन्द्र ग्रहण लाग्दै छ । आज बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुनेछ। चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले आज लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्र ग्रहण र ग्रहणले पुरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो।
चन्द्र ग्रहणको ९ घण्टाअघिदेखि नै सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । यसअघि कात्तिक ८ गते औँसीका दिन सूर्य ग्रहण लागेको थियो । आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्र ग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको छ भने अन्य राशिलाई निम्न फल प्राप्त हुने देखिन्छ।

मेष राशिलाई घात,
वृष राशिलाई व्यय,
मिथुन राशिलाई लाभ,
कर्कट राशिलाई सुख,
सिंह राशिलाई मान नाश,
कन्या राशिलाई कष्ट फल दिने योग,
तुला राशिलाई स्त्री पीडा,
वृश्चिक राशिलाई सुख,
धनु राशिलाई चिन्ता,
मकर राशिलाई व्यथा,
कुम्भ राशिलाई श्री प्राप्ति र
मीन राशिलाई क्षति‌ ।

कात्तिक २२ गते मङ्गलवार आज बिहान ०८ः११ बजेदेखि नै बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah