बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान निकै छिटो बलिउड डेब्युको तयारीमा छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार इब्राहिमलाई करण जोहर इन्डष्ट्रिमा लञ्च गर्ने तयारी भइरहेको छ । उनको डेब्यू फिल्म सन् २०२३ मा रिलिज हुनसक्ने बताइएको छ । उक्त फिल्मलाई बोमन इरानीका छोरा कायोज इरानीले निर्देशन गर्नेछन् ।

रक्षा बलको वरिपरि घुम्नेछ फिल्मको कहानी

यो फिल्मको कहानी रक्षा बलको वरिपरि हुनेछ र यसलाई करण जोहरले निर्माण गर्नेछन् । यद्यपि, अहिलेसम्म फिल्मको विषयमा आधिकारिक घोषणा भने गरिएको छैन । तर फिल्म ठूलो बजेटको हुने र यसमा इब्राहिम महत्वपूर्ण भूमिकामा हुने लगभग निश्चित भएको भारतीय सञ्चार माध्यम बताउँछन् ।

इब्राहिमले ‘रकी और रानी की प्रेम कहानी’ मा करण जोहरलाई सघाइरहेका छन्

इब्राहिम अली खानको कुरा गर्ने हो भने उनले करण जोहरको आउँदो फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा उनलाई सघाइरहेका छन् । यो फिल्ममा रणवीर सिंह, आलिया भट्ट, शबाना आजमी, जया बच्चन र धर्मेन्द्र देखिनेछन् । यो फिल्म अर्को वर्ष अप्रिल २८ मा सिनेमाघरमा रिलिज हुनेछ ।

दिदी साराले सन् २०१८ मा गरेकी थिइन् बलिउड डेब्यू

सैफ अली खानकी जेठी छोरी सारा अली खानले सन् २०१८ मा बलिउडमा डेब्यु गरेकी थिइन् । उनको पहिलो फिल्म केदारनाथ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah