दोहा : फिफा विश्वकपअन्तर्गत समूह ‘एच’को खेलमा सोमबार घानासँग पराजित भएपछि अन्तिम १६ मा स्थान बनाउने दक्षिण कोरियाको अभियानमा नमिठो धक्का लागेको छ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा आइतबार राति भएको खेलमा अफ्रिकी मुलुक घानाले दक्षिण कोरियालाई ३-२ गोलले पराजित गरेको हो।

खेलको २४औं मिनेटमा मोहमद सलिसुले गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाएका थिए। जोर्डन आयुको क्रसमा उनले बायाँ खु्ट्टाले उत्कृष्ट फिनिसिङ गर्दै अफ्रिकी मुलुकलाई अग्रता दिलाएका थिए।

सलिसुको गोल घानाले सन् २०१० पछि विश्वकपमा पहिलो हाफमा गरेको पहिलो गोल हो। यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सुले मुन्टारीले उरुग्वेविरुद्ध पछिल्लो पटक पहिलो हाफमा गोल गरेका थिए। त्यसयता घानाले सबै ६ गोल दोस्रो हाफमा मात्रै गरेको थियो।

सुरुवाती १० मिनेटसम्म बलमाथि पक्कड जमाएको दक्षिण कोरिया पहिलो गोल खाएसँगै दबाबमा परेको थियो। त्यसपछि ३४औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै घानाको अग्रता दोब्बर पारेका थिए।

घानाका कप्तान आयुले दिएको क्रसलाई कुडुसले उत्कृष्ट गोल गरेका थिए। सुरुवाती २२ मिनेटमा सात कर्नर पाएको कोरियाले फिनिसिङमा चुक्दा गोल गर्न सकेन। पहिलो हाफमा सन् १९६६ विश्वकपयताकै सर्वाधिक कर्नर पाएर पनि दक्षिण कोरियाले गोल गर्न सकेन।

५८औं मिनेटमा गोल जे गुई सुङले गोल गर्दै कोरियालाई खेलमा फर्काएका थिए। लि काङ इनले उपलब्ध गराएको पासमा सुन्दर हेड गोल गरेका थिए। त्यसको तीन मिनेट नबित्दै कोरियाले बराबरी गोल फर्काएको थियो।

किम मिन जेको पासमा जे गुई सुङले हेड गोल गरेका थिए। त्यसपछि ६८औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै घानालाई जित दिलाएका थिए। इनाकी विलियम्सले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले उत्कृष्ट गोल गरेका थिए।

पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको दक्षिण कोरियालाई नकआउट चरणमा स्थान बनाउन आफ्नो जितले मात्रै पुग्ने छैन, अरुको नतिजामा पनि भर पर्नुपर्नेछ।

दक्षिण कोरियाले समूह चरणको अन्तिम खेलमा बलियो टोली पोर्चुगलको सामना गर्नेछ। पहिलो खेलमा पोर्चुगलसँग ३-२ ले पराजित भएको घानाले अन्तिम १६ मा पुग्ने सम्भावना प्रवल बनाएको छ। घानाले समूहको अन्तिम खेलमा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah