अर्जेन्टिना फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’ को विजेता बन्दै अन्तिम १६ मा पुगको अर्जेन्टिनाले आफ्नो समूहको अन्तिम खेलमा पोल्यान्डमाथि २-० गोलको जित निकाल्यो।

अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ४६ मिनेटमा अर्जेन्टिनाले अग्रत लियो। मोलिनाको पासमा अलिस्टारले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।

६७ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो। फर्नान्डेजको पासमा अल्भारेजले डिबक्सभित्रबाट उत्कृष्ट फिनिसिङ गर्दा अर्जेन्टिना २-० गोलले अघि बढेको थियो।

त्यसअघि पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिने अवसर गुमाएको थियो। ३९ मिनेटमा प्राप्त पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लिओनल मेसी गोल गर्न चुकेका थिए। उनको पेनाल्टी प्रहारलाई पोल्यानडका गोलकिपर बोइसिक स्टेन्स्नीले विफल पारिदिएका थिए।

पोलिस गोलकिपरले मेसीमाथि फल गरेपछि भारमार्फत पेनाल्टी प्रदान गरिएको थियो।

पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको अर्जेन्टिनाले अघिल्लो खेलमा मेक्सिकोलाई हराएको थियो। लगातार दुई खेलमा जितसहित अर्जेन्टिनाले समूहमा ६ अंक जोड्न सफल भयो।

यता हारका बावजुत पनि पोल्यान्ड समूहको उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ। पोल्यान्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा स्थान बनाएको हो।

यसअघि एक खेलमा जित र एकमा बराबरी खेलेका पोल्यान्ड र मेक्सिकोको समान ४-४ अंक भयो।

पहिलो खेलमा पोल्यान्ड र मेक्सिकोले गोलरहित बराबरी खेलेका थिए। यस्तै दुवै टिम अर्जेन्टिनासँग पराजित हुँदा साउदीलाई हराए।

मेक्सिकोले आज साउदीलाई २-१ ले हराए पनि एक गोल गोल खानु नै दुर्भाग्य सावित बन्यो। त्यहीँ एक गोलले मेक्सिको पोल्यान्डसँग गोलअन्तरमा पछि पार्‍यो।

अब अन्तिम १६ मा अर्जेन्टिनाले अस्ट्रेलिया तथा पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah