क्रिकेट मैदान बनाउने घोषणा गरेको १९ वर्षपछि सोही मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमवार पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै थियो।

तर सोमवार निरन्तर वर्षा भएपछि टस नै हुन नपाई एसीसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरबबीचको खेल रद्द भयो।

खेल हुन सक्ने स्थिति नभएपछि दुबै टोलीले एक-एक अङ्क बाँडेका छन्।

एक अङ्क पाउनासाथ नेपाल समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ भने सोही समूहमा रहेका मलेशिया र कतार प्रतियोगिताबाट बाहिरिएका छन्।

आइतवार साँझदेखि परेको पानीका कारण मूलपानी मैदान भिजेको थियो। सोमवार बिहान आयोजकले खेलका लागि मैदान सुकाउने प्रयास गरेका थिए।
तर दिउँसो अझ ठूलो वर्षा भएपछि खेल रोक्ने निर्णय भएको हो।

मूलपानीमा पहिलोपटक नेपालको खेल हेर्न भनी आएका दर्शकहरू निराश हुँदै फर्किएका छन्।

नेपालले अब यसै प्रतियोगिताको दोस्रो सेमिफाइनलको टाइशीटमा परे मात्र मूलपानीमा खेल्ने छ। नत्र भने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता पर्खिनुपर्नेछ।
यसअघि मलेशिया र ओमानसँगको खेल जितिसकेको नेपालको कुल अङ्क ५ पुगेको छ।

यता नेपालसँग एक अङ्क पाउन सफल साउदी अरबले भने सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ।

ओमानको ४ अङ्क छ भने साउदी अरबससँग ३ अङ्क छ। यी दुई टोलीबीच आगामी खेल हुने भएकाले यीमध्ये खेल जित्ने टोलीले सेमिफाइनलमा प्रवेश पाउने छ।
नेपालले अब लीगको अन्तिम खेलमा कतारसँग आगामी बिहीवार खेल्ने छ। सो खेल जितेमा भने नेपाल तालिकाको शीर्ष स्थानमा रहने छ।
दुई अङ्क पाएको मलेशिया र अङ्कविहीन कतारको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ।

वर्षाकै कारण सोमवार कीर्तिपुर मैदानमा समूह ‘बी’को हङ्‌कङ र बाहरेन बीचको खेल पनि हुन सकेन। दुबै टोलीले अङ्क बाँडे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah