गुगलले २०२२ मा प्ले स्टोरबाट १४ लाखभन्दा बढी एप हटाएको छ। २०२२ को वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गुगलले सो वर्ष आफ्नो नीति उल्लङ्घन गर्ने १४ लाख ३० हजार एप प्ले स्टोरबाट हटाएको जानकारी दिएको छ।

यो क्रममा कम्पनीले दुई अर्ब डलर (करिब २६ खर्ब १७ अर्ब रुपैयाँ) गैरकानुनी कारोबार रोकेको दाबी गरेको छ। पछिल्लो समय प्ले स्टोरमा सुरक्षा कमजोरी भएका धेरै एप भेटिन थालेपछि गुगलले आफ्नो सुरक्षा नीति परिमार्जन गर्दै लगेको छ ।

यही कारण नयाँ डेभलपरले प्ले स्टोरमा एप अपलोड गर्दा आफ्नो फोन, इमेललगायत अन्य प्रक्रियामार्फत आफ्नो एप सुरक्षित रहेको प्रमाणित गर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड फोनको सुरक्षार्थ डेभलपरका लागि गुगलले ‘एसडीके इन्डेक्स’ तयार पारेको छ । यसले उनीहरूले तयार पारेको एप गुगलको नीति विपरित छ/छैन भनेर जाँच गर्ने गर्छ ।

त्यस्तै, गुगलले असुरक्षित एपीआईमा काम गर्नबाट रोक्न डेभलपरहरूलाई एपको एपीआई देखाउन लगाउने गरेको छ। साथै, डेभलपरहरूले प्रयोगकर्ताको डेटा के गर्छन् भनेर थाहा पाउन गुगलले प्ले स्टोरमा ‘डेटा सेफ्टी’ सेक्सन समेत थप गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah