– श्रीविक्रम भण्डारी

दोश्रो चरणको स्थानीय चुनावमा सहभागिता जनाउन ओखलढुङ्गा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले पदबाट राजीनामा दिएका थिए । तामाङले दिएको राजीनामा २०७४ साल असार २ गते राष्ट्रिय खेलकुद परिषदले स्वीकृत गरेको थियो । त्यसपछि उक्त रिक्त रहेको अध्यक्ष पदमा सोहि समितिका उपाध्यक्ष कंचनकुमार श्रेष्ठलाई राखेपले नियुक्ति दिएको थियो । स्थानीय निर्वाचनमा वडा अध्यक्षमा उठेका रुपलाल तामाङ पराजित भएपछि राजनिति खेल सुरु भएको थियो । त्यसपछि दस दिनअघि मात्रै आफैले नियुक्ति गरेको अध्यक्षको विरुद्धमा राखेपले राजीनामा दिएर हारेका तामाङलाई पुनः चार वर्षको लागि अध्यक्ष पदको जिम्मेवारी दिएर खेलकुद ऐन–नियमको धज्जी उडाएको छ । तामाङलाई राखेपले अध्यक्षको जिम्मेवारी दिएको दर्ता नम्वर २१९४–२०७४ को पत्रले पनि यो प्रस्ट पार्छ । जसले गैरकानुनीको सीमा नाघेको छ भने खेलकुदमा विष्ट के गर्न चाहन्छन् त्यसको पोल समेत खोलेको छ ।

राष्ट्रिय खेलकुद परिषदले ओखलढुङ्गा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दुई जनालाई नियुक्ति गरेपछि विवाद उत्पन्न भएको छ । परिषदका सदस्यसचिव केशवकुमार विष्टले दुवै नियुक्ति दस दिनको अन्तरालमा गरेका हुन् । विष्टले दुवैलाई दिएको नियुक्तिपत्रमा अध्यक्ष पदको हैसियतले दैनिक प्रशासन तथा आर्थिक कारोबारसम्बन्धी कार्य गर्न स्पष्ट लेखिएको छ । यसरी एउटै अध्यक्ष पदमा दुईजनालाई नियुक्ति दिएपछि ओखलढुङ्गा जिखेविमा ‘एउटा म्यानमा दुईवाट तरवार’ देखिएका छन् । कांग्रेस र एमालेको लेप र रसायन परेका यी दुई अध्यक्षमध्य अब वास्तविक अध्यक्ष को हो ? भन्ने जिज्ञासा अहिले खेलकुद क्षेत्रमा चर्चामा छ ।

राखेपले दिएको उक्त पत्रमा एकजनालाई दैनिक र अर्कोलाई चार वर्षको लागि ओखलढुङ्गा जिल्ला खेलकुद विकास समितिको जिम्मा दिइएको छ । तर पहिले नियुक्ति गरेका अध्यक्षलाई हटाइएको बारेमा राखेपले कुनै जानकारी गराएको छैन । सो जिल्लामा अध्यक्षको पहिलो जिम्मेवारी पाउने कंचनबहादुर श्रेष्ठ समेत राखेपको यो निर्णयसँग अनविज्ञ छन् । उनले आफुलाई किन दस दिनअगाडि अध्यक्ष बनाइयो र दश दिनपछि किन चारवर्षे कार्यकाल तोकेर वडा अध्यक्षमा पराजित रुपलाल तामाङलाई अध्यक्ष बनाइयो त्यो बुझ्न नसकेको स्रोतलाई जानकारी गराएका छन् ।

तत्कालीन ओखलढुङ्गा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङले दोश्रो चरणको स्थानीय निकायको निर्वाचन सहभागिता जनाउन आफ्नो अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा २०७४ साल ३ महिना २ गते राखेले स्वीकृत गर्दै त्यसको दुईसातापछि अर्थात असार १८ गते नयाँ अध्यक्ष नियुक्ति गरेको थियो । यसरी रिक्त रहेको अध्यक्ष पदमा सोही समितिका उपाध्यक्ष कञ्चनबहादुर श्रेष्ठलाई राखेपले नियुक्ति गरेको थियो । जुन कुरा राखेपले श्रेष्ठलाई दिएको पत्रवाट पनि प्रस्टरुपमा थाहा पाउन सकिन्छ । उक्त पत्रमा श्रेष्ठलाई अध्यक्ष पदको हैसियतमा दैनिक प्रशासनिक तथा आर्थिक कारोवार सम्वन्धि कार्य गर्न र गराउन तपाईलाई जिम्मेवारी प्रदान गरेको उल्लेख गरिएको छ । तर श्रेष्ठलाई कति समयको लागि उक्त जिम्मेवारी प्रदान गरिएको हो त्यसको कहिँ कतै खुलासा गरिएको छैन । राखेपवाट प्रदान गरिएको उक्तपत्रको दर्ता नम्वर २१२१–०७४ रहेको छ । श्रेष्ठ नेपाली कांग्रेसको कोटावाट उक्त समितिमा उपाध्यक्ष बनेका थिए ।

त्यसपछि राखेपले त्यसको ठीक दस दिनपश्चात अर्थात् असार २८ गते खेलकुद विकास नियम २०४९ को चौथो परिच्छेदको ५ को नियम १९ को उपनियम १ को खण्ड (क) बमोजिम ओखलढुङ्गा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा चार वर्षका लागि रुपलाल तामाङलाई नियुक्ति गरेको थियो । प्राप्त जानकारीका अनुसार यसअघि नै तामाङले दुई वर्षभन्दा बढी समय उक्त अध्यक्ष पदमा वसेर कार्यभार सम्भालि सकेका छन । यस्तो अवस्थामा राजीनामा दिएर हारेको व्यक्तिलाई पुनः अध्यक्ष बनाउँदै चार वर्षको जिम्मेवारी दिने अधिकार सदस्यसचिव विष्टलाई कस्ले दियो ? यसको कानुनी उपचार कस्ले गर्ने त्यो अहम प्रश्न बनेको छ ।

अहिले कहीँ नभएको जात्रा खेलकुदमा पनि देखिएको छ । यस्तो जात्रा देखाउने कार्य सदस्य सचिव विष्टले गरेका छन् । जुन आफैमा शर्मनाक छ । हो, राखेपको सदस्यसचिवको नाताले विष्टले ७५वटै जिल्ला र पाँच विकास क्षेत्रमा अध्यक्षको नियुक्ति गर्न पाउँछन् । यसो भन्दैमा कानुनविपरीत कार्य गर्ने अधिकार उनलाई पनि छैन । अँझ केही समयअघि मात्रै आफ्नो पदबाट राजीनामा दिएर वडा अध्यक्षमा पराजित भएको व्यक्तिलाई विष्टले सोही पदमा कसरी चार वर्षको लागि नियुक्ति दिए त्यो कुनै कानुनमा व्यवस्था छैन, यसको पर्दाफास हुनु जरुरी छ । घटना र विचार बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah