काठमाडौं : असोज २ मा हुने स्थानीय तहको प्रदेश नं. २ को चुनाव हुन अगावै एमालेले विजयी सुरुवात गरेको छ । बारा जिल्लाका जितपुर सिमरा उपमहानगरपालिकाका वडा नं २४ बाट एमालेले विजयीको खाता खोलेको हो । नयापेज मा खबर रहेको छ
एमाललेकी महिला वडा दलित सदस्यमा आलमती देववी निर्विरोध निर्वाचित भएकी छन् । बुधवार सम्पन्न मनोनयन दर्तामा वडा नं २४ का मा दलित महिला सदस्यमा आलमतीको मात्रै उम्मेदवारी परेको थियो । अन्य प्रतिस्पर्धी नभएपछि निर्विरोध विजयी भएकी हुन् ।
प्रदेश नं २ का आठ वटा जिल्लाका १३६ स्थानीय तहमा हुन लागेको निर्वाचनलार्इ ठुला तीन दलदेखि मधेसवादी दलले समेत प्रतिष्ठाको लडाइँ बनाएका छन् । दुर्इ नम्बर प्रदेशमा काँग्रेस, एमाले र माओवादीसँगै मधेसवादी दलहरू कडा प्रतिस्पर्धामा उत्रिने देखिन्छ ।



