प्रदेश २ मा सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ७० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान विभागका गरी सो संख्यामा सुरक्षाकर्मी खटिएका हुन् ।

उम्मेदवारहरूको सुरक्षादेखि मतदाताहरूको समेत सुरक्षालाई ध्यान दिइएकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा २ असोजमा निर्वाचन हुँदै छ । तीमध्ये अति संवेदनशील, संवेदनशील र सामान्य गरेर तीन चरणमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको छ । प्रत्येक मतदान स्थलमा प्रहरी नायब निरीक्षक (सई) को कमान्डमा मतदान सुरक्षा व्यवस्था मिलाइएको छ । त्यसको बाहिर घेरामा प्रहरी निरीक्षकको छुुट्टै टोली खटिएको छ । त्यसबाहिर सशस्त्र प्रहरी र सेनाको गस्ती रहेको छ ।

प्रदेश नम्बर २ अन्तर्गतका आठ वटै जिल्ला भारतीय सीमासँग जोडिएका छन् । सीमा क्षेत्रमा समयसमयमा हुने आपराधिक गतिविधिका कारण पनि सुरक्षा व्यवस्था कडा पारिएको हो, राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah