लहान नगरपालिकाको मतगणना सुरु भएको छ । २४ वटा वडा रहेको लहान नगरपालिकामा केहीबेरअघिबाट मतगणना सुरु भएको छ ।
मतगणना चाँडो सक्न विभिन्न पाँच वटा काेठामा पाँचवटा वडाको मतगणना एकैपटक अघि बढाइएको सहायक मतदान अधिकृत पवन गुप्ताले बताए ।
देेशकै सबैभन्दा धेरै मतदाता रहेकाे नगरपालिकाका रूपमा रहेकाे लहान नगरपालिकामा ४७ हजार ५ सय ९५ मतदाता छन्रर ।






