
काठमाडौं । सिसी क्यामेरा जोड्नुपर्ने भन्दै गणना सुरु हुन नसकेको २ नम्बर प्रदेशको एकमात्रै उपमहानगरपालिका वीरगञ्जमा भर्खरै मतगणना सुरु भएको छ ।
तारजाली लगाएर मतगणनाको तयारी गरिएको वीरगञ्जमा उमेदवारले मतपत्रको सुरक्षाका लागि भन्दै सिसी क्यामेरा जडान गर्नुपर्ने माग गरेका थिए ।

१ महानगरसहित १४ तह रहेको पर्सामा प्रारम्भीक मत प्राप्त तहमध्ये ४ मा एमाले, कांग्रेस १ र माओवादीले १ स्थानमा अग्रता लिइरहेको छ ।



