वीरगन्ज महानगरको जारी मतगणनामा राजपाको अग्रता कायमै छ । राजपालाई काँग्रेसले पछ्याइरहेको छ । राजपा काँग्रेसभन्दा २ सय बढी मतले अघि छ ।
पछिल्लो परिणाम अनुसार राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले १६८३ मत ल्याएका छन् । उपमेयरमा पनि राजपा नै अघि छ । उपमेयरमा राजपा उम्मेदवार रम्भा मिश्रले १६५१ मत ल्याएकी छन् ।
काँग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीले १४७५ मत ल्याएका छन् । उपमेयर उम्मेदवार शान्ति कार्कीले १५६३ ल्याएकी छन् ।
संघीय समाजवादी समाजवादी फोरमका मेयर उम्मेदवार विजय सरावगीले ७९० र उपमेयर उम्मेदवार पिंकी यादवले ८८० मत पाएका छन् ।
माओवादी केन्द्रका मेयर उम्मेदवार रहबर अन्सारीले ६२६ र उपमेयर उम्मेदवार दुर्गा क्षेत्रीले ५०६ प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार वसुरुद्दिन अन्सारीले ५५७ ल्याउँदा उपमेयर उम्मेदवार सोफिया आचार्यले ६४८ मत ल्याएकी छन् ।
नेपाल लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार विमल श्रीवास्तवले ४३३ र उपमेयर उम्मेदवार रिंकू यादवले ३६९ मत पाएका छन् ।



