
सर्लाही, ५ असोज– सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई हराउँदै कांग्रेस उम्मेदवार विजयी भएका हुन् ।
कांग्रेस उम्मेदवार कृष्णप्रसाद बर्मा ३९८३ मत प्राप्त गर्दै रामनगरको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुलाल राय यादवले ३३८३ मत प्राप्त गरे ।
यस्तै रामनगरको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी उम्मेदवार नितुदेवी यादव ३९५७ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गितादेवी यादवले ३४२७ मत ल्याइन् ।



