सप्तरीको राजविराज बाहेक १२ स्थानीय तहको अन्तिम मतपरिणाम आउन बाँकी छ।

मतगणना जारी रहेका स्थानीय तहको प्रमुखमा सबैभन्दा धेरै स्थानमा संघीय समाजवादी फोरम अगाडि देखिएको छ। अहिलेसम्म फोरमले पाँच स्थानमा अग्रता लिइरहेको छ।

तिरहुत गाँउपालिका, बोदेबरसाइन नगरपालिका, महादेवा गाँउपालिका, वालन–विहुल गाँउपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिकामा फोरमको अग्रता छ।

नेपाली कांग्रेसले कृष्णसावरन, कञ्चनरुप, खडक नगरपालिकाको मेयर र तिलाठी कोइलाडी गाँउपालिकाको अध्यक्ष गरी ४ स्थानमा अग्रता कायम राखेको छ।

नेकपा एमालेले दुई नगरपालिकाको मेयरमा अग्रता लिइरहेको छ। शम्भुनाथ र सुरुङगा नगरपालिकामा एमालेले अग्रता लिइरहेको हो।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा बाबुराम भट्टराईको नयाँ शक्ति नेपालले अग्रता लिइरहेको छ। दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा नयाँशक्ति अगाडि भएको यो एकमात्र स्थानीय तह हो।

सप्तरीको डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा, बेल्हीचपना र विष्णुपुर गाउँपालिकामा कांग्रेस र सप्तकोशी नगरपालिकामा एमालेले जित हासिल गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah