बाराको पचरौताको मेयरमा फोरम नेपाल र उपमेयरमा राजपा विजयी

काठमाडौं । बारा, । बाराको पचरौता नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपाल र उपमेयरमा राष्ट्रिय जनता पार्टी नेपाल राजपाका उम्मेदवार विजयी भएका छन् । मेयरमा फोरम नेपालका रमेशप्रसाद यादव २ हजार ६ सय ४२ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका श्याम गुप्ताले २ हजार ५ सय ३७ मत पाए । उपमेयरमा भने राजपाकी इन्दुकुमारी यादव २ हजार ५ सय ४६ मतसहित विजयी भइन ।

सर्लाहीको हरिपुर्वा नगरपालिकामा कांग्रेस विजयी

सर्लाहीको हरिपुर्वा नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका सीयाराम राम ३ हजार ७ सय ५३ मतसहित विजयी भएका छन् ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा राजपा विजयी
सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी नेपाल राजपा विजयी भएको छ । गाउँपालिका अध्यक्षमा राजपाका विनोदकुमार साह ४ हजार २ सय ३७ मतसहित विजयी भएका छन् ।

महोत्तरीको सोनमा गाउँपालिकामा संघीय फोरम विजयी
महोत्तरी, ।– महोत्तरीको सोनमा गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । मेयरमा फोरम नेपालका राजकुमार यादव ४ हजार १ सय ३२ मत हासिल गरी विजयी भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिका माओवादीको विजयी

महोत्तरी, महोत्तरीको प्रमुख व्यापारी केन्द्र एवम् नगरउन्मुख क्षेत्रको रुपमा परिचित रहेको गौशाला नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । बिहान घोषित स्थानीय तह चुनावको मत परिणाम अनुसार गौशला नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका शिवनाथ महतो र उपमेयरमा माओवादीकै आशा लामा विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah