बेलबारी / मोरङको बेलबारीमा बिहिबार गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बिराटनगर र उद्योग बाणिज्य संघ बेलबारीले आयोजना गरेको नापतौल सम्बन्धी जाँचमा ठुला ब्यापारीहरुले ढक,तराजु चेक जाँच गराएनन । बेलबारीमा ठुला भनिएका ब्यापारीहरु चेकजाँचमा नआएको उद्योग बाणिज्य संघ बेलबारीका एक पदाधिकारीले जानकारी दिए ।

बजार आसपासमा मात्र करिब १ हजार भन्दा बढि ब्यापारी भएपनि अधिकांश ब्यापारीहरुले नापतौलका सामाग्रीहरु चेक जाँच गराउने गरेका छैनन । नापतौल सम्बन्धी जाँचमा २ सय ब्यापारीले मात्र नापतौलका सामाग्रीहरु चेक जाँच गराएका छन । दुई दुई बर्षमा नापतौलका सामाग्रीहरु चेक जाँच गर्ने गरे पनि प्रचार प्रसार नहुदा धेरै ब्यापारी आउने गरेका छैनन । दुई बर्षअघि गरीएको जेकजाँचमा भन्दा अहले केहि बढि ब्यापारीहरु आएको उद्योग बाणिज्य संघ बेलबारीका कोषाध्यक्ष केदार अधिकारीले बताए ।

नापतौलका सामाग्रीबाट उपभोक्ताहरु पटक पटक ठगिने गरेका भएपनि कारबाही गर्ने निकाय फितलो बन्दा समस्या हुने गरेका छ । बिहिबार बेलबारीमा गरिएको चेकजाँचमा धेरै नापतौलका सामाग्रीहरु ढक, खिएको भेटिएपनि केहि जरीवाना लिएर छोडिएको छ । चेकजाँचका क्रममा थुप्रै ढकहरु खिईएको पाईएको र त्यसमा उपभोत्ता आफै चनाखो भएमात्र ब्यापारीहरुले उपभोत्ता नठगने गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय बिराटनगरका सहायक निरिक्षक अनुजा घिमिरेले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah