काठमाडौं, ७ मंसिर । प्रतिबन्धित एक हजार र पाँच सय दरका भारतीय नोट साटिदिने भन्दै ठगी सुरु भएको छ । पान पसलदेखि चिया पसलसम्म सजिलै कारोबार हुने एक हजार र पाँच सय दरका भारतीय नोटमा एक्कासि प्रतिबन्ध लागेपछि त्यसको असर नेपालमा समेत परेको छ । नेपाली बजारमा परेको असरको फाइदा उठाउँदै केही दलालले सटही गर्ने भन्दै ठगी धन्दा नै थालेका छन् । अहिले एक हजार भारतीय रुपैयाँ बराबर एक हजार नेपाली रुपैयाँ लिने–दिने गरिएको छ । तरकारी पसलेले जतिको त्यतिमै पैसा साट्न थालेका छन् ।

उता, नेपालमै बसेका भारतीय नागरिक पनि यसमा सक्रिय हुन थालेका छन् । भारतको पश्चिमबंगाल घर भएका एक भारतीय नागरिक पाँच सय र हजारका प्रतिबन्धित नोटसँग नयाँ नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा टेकुका अनुसार भारतको पश्चिमबंगाल शीतलकोची कोचविहार घर भई हाल कलंकी बस्दै आएका ४१ वर्षीय हरेकृष्ण साहले प्रतिबन्धित नोट साटिदिने भन्दै एकै व्यक्तिबाट ५० लाख ठगेका हुन् । साहले रौतहटको झुनखुनुवा गाविस घर भई काठमाडौं बस्दै आएका अब्दुल रहिमबाट ५० लाख ठगी गरेको महाशाखाले जानकारी दिएको छ ।

अपराध महाशाखाका अनुसार साहले नेपालमा ५० लाख दिने बताउँदै २० लाख भारु भारतमा र बाँकी १६ लाख ५० हजार नेपाली रुपैयाँ नेपालमै दिन भन्दै ग्लोबल बैंकमा विभिन्न व्यक्तिका नामका खातामा हाल्न लगाएर ठगी गरेका हुन् । प्रतिबन्धित भारु साटिदिने भन्दै ठगीमा संलग्न भएका साहलाई अपराध महाशाखाले पक्राउ गरी थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा पठाएको छ ।

त्यस्तै, सीमावर्ती क्षेत्रमा समेत भारतीय नोट सटहीमा ठगी हुन थालेको छ । केही दिनअघि इलामको पशुपतिनगरमा नेपालीहरू ठगिन थालेपछि भारतीय रुपैयाँको सटही काउन्टर स्थापनाका लागि स्थानीयवासीले माग गरेका थिए । सटही काउन्टर नहुँदा सीमावर्ती क्षेत्रमा आएका पर्यटक र सर्वसाधारण स्थानीय व्यापारीबाट ठगिने गरेका छन् ।

स्थानीय व्यापारीले एक हजार नेपाली रुपैयाँको भारतीय ६ सय २५ रुपैयाँ पाउनुपर्नेमा स्थानीय व्यापारीले ६ सय रुपैयाँ मात्र दिने गरेपछि उनीहरू ठगिएका हुन् । त्यस्तै, सीमावर्ती क्षेत्रमा व्यापारमार्फत संकलन हुने भारतीय रुपैयाँ खरिद बिक्रीका लागि झापाका स्थानीय बासिन्दा पनि ठगिने गरेका छन् । भारतीय पाँच सय र एक हजार रुपैयाँका नोट कारोबार गर्न प्रतिबन्ध गरे पनि पशुपतिनगरमा खुलेआम सामान खरिद गरेझैं भारतीय नेपाली र भारतीय रुपैयाँको खरिद बिक्री हुने गरेको छ । भारतमा बैंक खाता हुनेहरूका लागि केही सहज भए पनि सर्वसाधारण नेपालीका लागि भने निकै कठिन बनेको छ ।

काठमाडांैमा व्यवसाय गरेर बसेका भारतीय नागरिकले यस्तो धन्दा चलाउन सक्ने भन्दै प्रहरीले निगरानीमा राखेको छ । महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले नेपाली नागरिकहरूले आत्तिएर भारतीय व्यापारीलाई बराबरी दरमै पनि साट्न लगाउने वा भारतमा खाता भएका व्यक्तिले सस्तो लिने गरी ठगी गर्न सक्ने भएकाले प्रहरी निगरानी बढाइएको बताए । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah