झापाबाट उम्मेदवारी मनोनयन गराएकामध्ये ५ जनाले नाम फिर्ता लिएका छन्।  प्रतिनिधिसभाका २ र प्रदेशसभाका ३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

क्षेत्र नम्बर २ बाट नेकपा मालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका खगेन्द्र प्रसाईले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका रमेश श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । खड्काका अनुसार, सोही क्षेत्रबाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका विवेकशील साझा पार्टीका घनेन्द्रराज खनालले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका रोशन अग्रवाल र ‘ख’ बाट स्वतन्त्ररुपमा उम्मेद्वारी दर्ता गराएका नरेन्द्र मेचेले पनि उम्मेद्वारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत चित्रखर अधिकारीले बताए।

अब झापामा प्रतिनिधिसभातर्फ  ५७ र प्रदेशसभातर्फ ८४ गरी कुल १ सय ४१ जनाले चुनावमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah