
समानुपातिक तर्फको पछिल्लो मत परिणाम प्राप्त भएको छ । राति ८ बजेसम्मको परिणाम अनुसार नेकपा एमाले पहिलो नम्बरमा यथावत रहेको छ । दोस्रो नम्बरमा नेपाली काँग्रेस र तेस्रो नम्बरमा माओवादी रहेको छ ।
प्राप्त परिणाम अनुसार नेकपा एमालेले २३ लाख ६७ हजार २८ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली काँग्रेसले २२ लखा ८० हजार २ सय ९, माओवादी केन्द्रले ९ लाख २९ हजार ८ सय ९०, संघिय समाजबादी फोरमल ३ लाख २८ हजार ८ सय ५४ र राजपाले २ लखा ८५ हजार ६ सय ९ मत प्राप्त गरेको छ । अन्य दलले ७ लाख ६ हजार ७ सय ५३ मत प्राप्त गरेको छन् ।



