दमक/भुटानी शरणार्थी युवाहरुको फुटबल क्लब फेन्स क्लब अफ विआरसी भुटानले झापाको दमकमा पहिलो पटक ओविसिए चौँथो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विगत २५ वर्ष देखि पूर्वी नेपालको झापा र मोरंगमा बसोबास गर्दै आएका भुटानी युवाहरुले यही मंसिर २५ गते देखि प्रतियोगिता आयोजना गर्न गर्ने भएका हुन् ।

आज दमकमा पत्रकार सम्मेलन गर्दै आयोजकले पुस २ गते सम्म हुने प्रतियोगितामा नेपाल, भारत, भुटान र कतारमा स्थापित ८ फुटबल क्लबहरुले सहभागिता जनाउने जानकारी दिएको हो ।

तेश्रो मुलुक पुर्नवासले नेपालबाट विस्तापित हुन लागेका शरणार्थीहरुले शरण दिने नेपालाई सम्झन प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष युवराज सम्पाङ्ग राईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपयाँ प्राप्त गर्नेछ ।

त्यस्तै दोश्रो हुनेले ६२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल १९ लाख ७७ हजार २ सय रुपयाँ बजेटको अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा नेपालमानै पहिलो पटक रेफ्रिहरुले बुलुतुथ इयरफोनको प्रयोग गरेर खेल सञ्चालन गर्ने ओविसिएका निर्देशक तथा फिफा अमेरिकाका रेफ्रि जितु बस्नेतले जानकारी दिनुभयो । जसले खेललाई बिवाद रहित बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाईलीले गर्ने आयोजकले जनाएको छ । खेलको उद्घाटन विश्व मानव अधिकार दिवशको दिन गरिने अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘ हामी शरणार्थीले धेरै दुःख भोगेका छौँ, त्यसैले प्रतियोगिताको उद्घाटन मानव अधिकार दिवशको दिन गरेका हौँ र प्रतियोगिताको समापन भुटानी राष्ट्यि दिवशको दिन गर्ने भएका हौँ’।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah