काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध भइरहेका बेला बुधबार फेरि मूल्य बढाइएको छ।

पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ। परिवर्तित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नयाँ मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने  बताए।

स्वचालित मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको हो। दुई साताअघि मूल्यवृद्धिको विरोधमा एमाले र माओवादी निकट भ्रातृ संगठनले विरोध गरेका थिए।

ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय