काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप डिभिजन २ का लागि १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।
फेब्रुअरी ८ बाट नामिबियामा हुने प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको हो।
आइसिसीका छनोट कमिटी प्रमुख अनिमुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले टोलीको खेलाडी छनोट गरेको हो।
प्रतियोगिता तयारीका लागि नेपाली टोली पर्सी शनिबार युएई प्रस्थान गर्नेछ। त्यहाँ रहँदा नेपालले ३ वटा अभ्यास म्याच खेल्नेछ। फेब्रुअरी ४ मा नेपाली टोली युएईबाट नामिबिया लाग्नेछ।
कोको छन् टोलीमा?
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करन केसी
आरिफ शेख
सन्दीप लामिछाने
दीपेन्द्रसिंह ऐरी
दीलिप नाथ
ललित भण्डारी
अनिलकुमार साह
रोहितकुमार पौडेल
वैकल्पिक खेलाडी
सुनिल धमला
ललित राजवंशी
सिद्धार्थ लोहनी
किशोर महतो



