एक्काइसौ शताब्दिमा पनि यो अवस्था देखिएको भन्दै अधिकारीले पनि आँशु झारिन् ।  उपमेयर अधिकारी धेरै भावुक बनिन् । बालिकाकी आमा रुदा उपमेयर सहित त्यहाँ पुगेकाहरुको आँखा रसाएका थिए ।

विष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकमा ७ बर्षदेखि दाम्लोमा बाँधिदै आएकी एक १२ बर्षिया बालिकालाइ दमक नगरपालिकाकी उपमेयर गिता अधिकारी, वडाध्यक्ष भीम पौड्याल र सवाल नेपालको पहलमा उद्धार गरिएको छ ।

श्रीमान् बेपत्ता भएपछि अर्काको घरमा भाडामा बसेर ज्यालादारी काम गर्दै पेट पाल्दै आएकी ४४ बर्षीया सीता तामाङले आफ्नो छोरीलाइ बाँधेर काम गर्न जान बाध्य भएको पाईएको हो ।

एककोहोर कुद्ने र एकछिन  नबाध्दा नबस्ने भएकाले बाध्नु परेको धुरुधुरु रुदै आमा तामाङले बताइन् । आफू बाहिर काममा जाँदा बाध्ने गरेको जनाउदै बाहिर खुला छाड्दा माटो, आफ्नौ दिसापिसाव समेत खाने गरेको उनको भनाइ रहेको छ ।

अधिकारीले बालिकाको उपचार लगायतको बिषयमा अब नगरपालिकाको ध्यान केन्द्रित भएको बताइन् । एक्काइसौ शताब्दिमा पनि यो अवस्था देखिएको भन्दै अधिकारीले पनि आँशु झारिन् ।  उपमेयर अधिकारी धेरै भावुक बनिन् । बालिकाकी आमा रुदा उपमेयर सहित त्यहाँ पुगेकाहरुको आँखा रसाएका थिए ।

वडाध्यक्ष भीम पौड्यालले आफ्नो वाडमा यस्तो अवस्था देखेको भन्दै तत्कालै बालिकालाइ निशुल्क रुपमा उपचारको व्यवस्था मिलाएको जानकारी दिए । अब यस परिवारले स्थानीय सरकार भएको अनुभुत गर्ने बताए ।

यसैबीच यस परिवारको पीडा देखिपछि लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम र तृतिय उपाध्यक्ष मनोज अग्रवालले एक/एक महिनाको खाद्य सामाग्रिको बन्दोबस्ति गर्ने बताएकाछन् ।

उनिहरुले आज दूइ महिनालाइ पुग्ने चामल, दाल, नून, तेल मरमसला उपलब्ध गराउने बताए । अध्यक्ष गौतमले बालिकाको हेरचाहका लागि आमाले काम गर्न जानु नपरोस भनेर यो ब्यवस्था गरिएको उनको भनाइ छ ।

https://www.youtube.com/watch?v=B6T2Cs_fzh8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah