दमक/झापा दमकका एमाले नेता देबेन्द्र दाहाललाइ पार्टीको केन्द्रिय जिम्मेवारी प्रदान गरिएको छ । एमालेले उनलाइ केन्द्रिय लेखा परीक्षण आयोगको सदस्यमा मनोनयन गरेको बताइएको छ ।
दाहाल आयोगको जिम्मेवारी ग्रहण तथा सपथका लागि काठमण्डौ गएकाछन् । प्रदेश सदस्य रहेका दाहाल पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहदा सल्लाहकारको भूमिकामा रहेका थिए ।
लामो समय झापा पार्टी संगठन हाँकेका दाहाल दमकका स्थायि बासिन्दा हुन् । उनि निरन्तर रुपमा राजनीतिमा सक्रीय रुहदै आएकाछन् ।



