काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दु/दुई, हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए। बृद्धि भएको मूल्य विहीवार राति १२ बजेपछि कार्यान्वयनमा आउने छ।

मूल्य बढेपछि पेट्रोलको मूल्य लिटरको एक सय चार रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८३ रुपैयाँ, हवाई इन्धनको मूल्य ९५ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।

स्वचालित मूल्य प्रणालीलाई कार्यान्वयनमा ल्याएको निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि भाउ बढाएको हो।

विगत दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको भाउ निरन्तर उकालो लागेपछि निगमले पनि मूल्य बढाउँदै आएको छ। मूल्य वृद्धि गरे पनि १५ दिनको निगमको घाटा १४ करोड ९२ लाख रुपैयाँ रहेको प्रवक्ता गोइतले बताए।

निगमले यसअघि पेट्रोल लिटरमा एक सय तीन, डिजेल, मट्टीतेल ८१ रुपैयाँ, हवाई इन्धन ९० रुपैयाँ र खाना पकाउने ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah