दमक/झापाको दमक ७ स्थित अस्वभाविक रुपमा टाँउको बढे पनि आर्थिक अभावले उपचार नपाएकी २ बर्षिया बालिका पवित्रा चौधरी खवासको उपचारमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेकाछन् ।

दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारीका अनुसार ओलीले बालिकाको थप उपचार गर्नु पर्ने भए काठमण्डौमा ल्याएर भएपनि गर्ने ब्यवस्था मिलाउन र बालिकाको अवस्था बुझ्न तत्काल स्वकीय सचिब अनिश दाहाललाइ निर्देशन समेत दिएका थिए ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी, प्रशासकिय अधिकृत युवराज दाहाल, लायन्स क्ल्व अफ माउण्ट एभरेष्टका अध्यक्ष रुद्र गौतम सहितको टोलीले बालिकाको उपचारमा तत्काल चासो दिएर नोवेल अस्पताल पुर्याएका थिए ।

बालिकाको उद्धार गर्ने र उपचारमा सहयोग गर्ने सबैलाइ यस क्षेत्रका प्रतिनिधिसभा सदस्य समेत रहनु भएका ओलीले आभार एवं धन्यवाद समेत दिएको अधिकारीले जानकारी दिए । नगरपालिकामा लायन्स क्लवका अध्यक्ष गौतमलाइ बोलाएर अधिकारीले यस बिषयमा जानकारी दिएकीछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah