दमक/रोयल क्लब अफ भारत झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा भूटानी रिफ्युजी कम्युनिटीलाई सडनडेथमा पाखा लगाउदै रोयल क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । भूटानी रिफ्युजी कम्युनिटीका जर्र्सी नम्बर १० का विदेशी खेलाडी अजय मार्टिनले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए । अत्यन्तै रोचक र प्रतिष्प्रधात्मक देखिएको खेलमा रोयलका टिम क्याप्टेन जर्सी नम्बर १० का करण राईले जर्सी नम्बर ५ का भूषण सुब्बाको पासलाई सदुपयोग गर्दै खेलको ३३ औँ मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा पनि बराबरी भए पछि खेलमा सडनडेथको माध्यमबाट निणर्य लिनु परेको थियो । भूटानी रिफ्युजी कम्युनिटीका तर्फबाट जर्सी नम्बर ७ का वर्तमान राईले प्रहार गरेको गोल पोष्टबाट बाहिरिए पछि खेलमा भारतले सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको हो । प्रतियोगितामा भातरका जर्सी नम्बर ४ का समिर प्रधान खेलको म्यान अफ द म्याच भए । उनले ३ हजार नगद प्राप्त गरे । यसैबीच भोलिबाट प्रतियोगितामा सेमिफाईनलका खेलहरु हुने भएका छन् । भोलिको पहिलो समिफाईनल खेल आयोजक फेन्स क्लब अफ विआरसी भूटान र सिएफसी कतारबीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैबीच भोलि भूटानी रिफ्युजी कम्युनिटी र रोयल क्लब भारत बिच खेल हुने आयोजक फ्रेन्स क्लब अफ विआरसी भूटानले जनाएको छ ।



