दमक÷जनता बैंकको ३८ औँ शाखा आज झापाको दमकमा एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ ।
शाखाको उद्घाटन बैंकका निर्देशका केशव बहादुर रायमाझिले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै रायमाझिले जनता बैंकले ग्रामिण क्षेत्रका जनतालाई सेवा दिने बताए । उनले भने,‘ हामी वितिय पहुच नपुगेको स्थानका जनतालाई सेवा दिन्छौँ’ । आफुहरु ग्रामिण भेगमा पनि बैँको सेवा विस्तारको तयारीमा रहेको बताउदै उनले भने,‘ ग्रामिण क्षेत्रमा बैँकको शाखा खोल्न धेरै प्रक्रिया पु¥याउनु पर्छ तत्कालका लागि हामी बैँकको काउन्टर स्थापना गरेर भए पनि सेवा दिन्छौँ’ । बैँकहरुले शहरी क्षेत्रमा ठूला–ठूला उद्योग स्थापना गर्नमात्र कर्जा लगानी गर्ने क्रम बढेको बताउदै उनले जनता बैँकले ग्रामिण क्षेत्रको कृषीलाई आधुनिकीकरण गर्न समेत कृषकलाई कर्जाको उपलब्ध गराउने बताए । कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासुप्रसाद कोइरालला अझै ६० प्रतिशत जनता बैँकको पहुच भन्दा बाहिर रहेकोले जनता बैँकले पहुच बाहिर रहेका जनतालाई समेत बैंकिङ्ग सेवामा ल्याउनु पर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल मानव अधिकार प्रतिष्ठानका झापाका अध्यक्ष डा. नविन चापागाईं, उद्योग वाणिज्य संघ दमकका वरिष्ठ उपाध्यक्ष विमल खतिवाडा लगायतले बैँकले ग्रामिण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नु पर्ने बताए । यो शाखा संगै मेचीमा जनता बैँकको तीन वाटा शाखा भएका छन् । यस अघि बैँकले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्ग र झापाको विर्तामोडमा आफ्नो सेवा विस्तार गरि सकेको छ ।



